नेपाली सेनाको कडा सन्देश, ‘सैनिक शासन’ लागू गर्ने संकेत – देश बचाउन जुनसुकै बेला पनि स्वतः परिचालन हुने
महाशिवरात्री तथा सेना दिवस २०७२का अवसरमा ‘कफि टेवल’ नामक पुस्तकको पाँचौ संस्करण विमोचन गरेका छन् । क्षत्रीले नेपालको संविधानले सुम्पेको जिम्मेवारीहरु असरदार रुपमा बहन गर्न नेपाली सेना हरहमेशा कटिबद्ध, सक्षम र तयार रहेकोले नेपाल सरकारले राष्ट्र र जनताको सर्वोपरी हितको लागि संवैधानिक प्रक्रिया अनुरुप प्रदान गर्ने सबै जिम्मेवारीहरुको पूर्णरुपमा पालना गर्नु नेपाली सेनाको प्रमुख दायित्व रहेको बताए ।
उनले समय समयमा हुने इन्धन अभावको कारण नियमित कार्यहरुमा पु¥याउने असरलाई दीर्घकालीन रुपमा समाधान गर्न बायो ग्यांस प्लाण्ट जडान गर्ने, नागरिक(सैनिक सम्बन्धको विकासमा जोड दिए । उनले आगामी दिनहरुमा राष्ट्रिय सेवा दलले गरिरहेको युवा नेतृत्व विकास कार्यक्रमको दायरालाई थप फराकिलो बनाउंदै देशका सबै जिल्लाहरुमा यसको पहुंच विस्तार गर्ने र वेत्रावती,रसुवागढी सडकको मैलुङ्ग स्याफ्रुवेसी खण्ड विस्तार तथा स्तरोन्नती समय अगावै सम्पन्न गर्न अघि बढेको जानकारी गराए ।
भूकम्पबाट क्षतिग्रस्त सैनिक संरचनाहरुको पुनर्निर्माण तिव्ररुपले गर्नुपर्ने बताउदै सेनाका बहालवाला तथा अवकाश प्राप्त ५१ हजार ५ सय २३ जना सैनिकहरुलाई पुग्न गएको क्षतिप्रति संवेदनशील भई सैनिक कल्याणकारी कोषबाट २ अर्ब ३९ करोड ९८ लाख ३२ हजार रुपैयाँ राहत वितरण गरिसकिएको साथै करिब २८ लाख ५० हजार उपलब्ध गराईसकिएको जानकारी गराए ।
No comments: