दाहसंस्कारकाेलागि ठिक्क पारेकाे बालिकाकाे शव एकाएक प्रहरीले उठायाे :धरानमा काम गर्न बसेकि बालिकाकाे बलात्कारपछि हत्या गरेकाे अाराेप (फोटो सहित)

सदै बिहान देखिने बालिका मंगलबार बिहान नदेखिएपछि छिमेकीहरूले साे बालिकाकाे खाेजी र चासाे लिन सुरू गरेका थिए तर एकाएक बालिकाकाे मृत्यु भैसकेकाे र अन्तिम संस्कारकाेलागि काठकाे बाकस बनाएर घाटतर्फ लैजान लागेकाे थहाँ भएपछि अाफन्त एवम स्थानीयहरूले प्रहरीलार्इ खबर गरेका थिए ।
स्थानिय सियोन स्कुलको कक्षा तिनमा पढ्दै अाएकी बालिकाकाे अन्तिम संस्कारकाे लागि तयारी गर्दागर्दै राेकेर शवलार्इ प्रहरीले नियन्त्रणमा लिएर छानविन अघी बढाएकाे । बालिकाकाे मृत्यु रहस्यमय नभएकाे उनकाे घर धनी रार्इद्वयले हत्या गरेकाे भन्दै स्थानीय तथा बालिकाकाे अाफन्तहरूले मंगलबार राती रार्इकाे घर समेत ताेडफाेड गरी क्षती पूर्याएका छन ।
यता प्रहरीले घटना सम्बन्धी थप अनुशन्धान अघी बढाएकाे छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले अाराेपित घरधनी बलिमान राई र पदमकुमारी राईलार्इ नियन्त्रणमा लिर्इ अावश्यकिय साेधपुज अघि बढाएकाे र मृतक बालिकाकाे शव पाेष्टमार्टमकाे लागि बिपि प्रतिष्ठानमा राखिएकाे बताएका छन ।
यता मृतक बालिकाका अाफन्त तथा स्थानीय गाउलेहरू घटनाकाे सत्य तथ्य नबाहिरिएसम्म अाफुहरूकाे अान्दाेलन नराेकिने बताउदै अाएका छन । प्रहरीले घटनाकाे गहिरार्इसम्म प्रगेर दाेषिलार्इ कार्वाही गर्नुपर्ने र पिडित पक्षलार्इ उचित क्षतिपूर्ति दिलाइदिनु पर्ने माग गरेका छन । प्रहरीले पनि घटनाकाेबारे अनुशन्धान जारी रहेकाे र दाेषी पत्ता लगार्इ उनिहरूमाथी कडा कार्वाही गर्ने प्रतिवद्धता जनाउदै अाएकाे छ ।
No comments: