प्रजातन्त्र दिवसमा प्रधानमन्त्री प्रचण्ड : संघीयता कार्यान्वयन चुनौतिपुर्ण
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता कार्यान्वयन नै सबै भन्दा बढी चुनौतिपुर्ण रहेको बताएका छन् ।
प्रधानमन्त्री दाहालले ६७ औं प्रजातन्त्र दिवसका अवसरमा शनिबार काठमाण्डौको सैनिकमञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारी र अन्य विशिष्ट व्यक्तिहरुको उपस्थितिमा गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री दाहालले संविधानले स्थापित गरेका सबै उपलव्धि महत्वपूर्ण भएपनि कार्यान्वयनको दृष्टिले संघीयता नै सबैभन्दा चुनौतिपूर्ण रहेको बताए ।
एकात्मक र केन्द्रीकृत शासन व्यवस्थालाई सङ्घात्मक ढाँचामा ढाली अधिकार, स्रोत र साधनलाई संविधानको भावनाअनुरुप प्रदेश र स्थानीय तह मार्फत् जनता समक्ष पुर्याउने मुल उद्देश्य रहेको भन्दै उनले त्यसका लागि निर्वाचन आवश्यक भएकोमा जोड दिए ।
नयाँ संविधान अनुसार निर्वाचनसँग सम्बन्धित राजनैतिक र कानूनी मुद्दाको लगभग टुंगो लागिसकेकाले निर्वाचनप्रति आशङ्का नगर्न पनि प्रधानमन्त्री दाहालले आग्रह गरे ।
नयाँ संविधान अनुसार निर्वाचनसँग सम्बन्धित राजनैतिक र कानूनी मुद्दाको लगभग टुंगो लागिसकेकाले निर्वाचनप्रति आशङ्का नगर्न पनि प्रधानमन्त्री दाहालले आग्रह गरे ।
संविधान कार्यान्वयनका लागि चुनाव अनिवार्य रहेको र चुनाबले मात्रै शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्याई राजनैतिक सक्रमण अन्त्य गर्ने कुरामा सरकार गम्भीर र सचेत भएको प्रधानमन्त्री दाहाले उल्लेख गरे ।
सङ्घीयता कार्यान्वयनका लागि चुनाव मात्रै पनि पर्याप्त नहुने भन्दै उहाले त्यसपछि बन्ने सरकारको दृष्टि र योजना महत्वपूर्ण हुने बताए ।
प्रधानमन्त्री दाहालले प्रजातन्त्र प्राप्तीका लागि सात साल देखि अहिले सम्म भएको घटना परिघटनाको संक्षिप्त दृष्टान्त दिदै ६७ औं प्रजातन्त्र दिवसले देशको राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, संविधानको कार्यान्वयन र जनताको जीवन पद्दतिमा गुणात्मक परिवर्तन ल्याउन प्रेरणादायी भूमिका खेल्न सकोस भनि शुभेच्छा व्यक्त गरे ।

संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन र नेपाललाई समृद्दिको दिशातर्फ उन्मुख गराउन राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी सर्वसाधरण सबैलाई आ–आफ्नो ठाउँबाट योगदान गर्न पनि प्रधानामन्त्री दाहालले आव्हान गरे ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानन्यायाधीश शुशिला कार्की, उराष्ट्रपति नन्द बहादुर पुन, मन्त्रीगणहरु, उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानन्यायाधीश शुशिला कार्की, उराष्ट्रपति नन्द बहादुर पुन, मन्त्रीगणहरु, उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो ।
No comments: