अब एनसेलमा फेसबुक निःशुल्क, फोटो हेर्न भने पैसा लाग्ने
३ फागुन, काठमाडौं । निजी दूरसञ्चार प्रदायक कम्पनी एनसेलमा आज रातिदेखि फेसबुक निःशुल्क चल्ने भएको छ ।
एनसेलले फेसबुकसँगको सहकार्यमा निःशुल्क फेसबुक सेवा सुरु गरेको हो । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा एनसेलले ‘सबैका लागि इन्टरनेट’ अभियान अन्तरगत निःशुल्क सेवा सुरु गरिएको बताएको छ ।
एनसेलका अनुसार अब फेसबुक लगइन गरेर लाइक, कमेन्ट, शेयरका साथै स्टाटस लेख्न पैसा लाग्दैन ।
तर, फेसबुकमा अपलोड भएका तस्वीरहरु हेर्न भने इन्टरनेट वा डाटा नै प्रयोग गर्नु पर्ने हुन्छ ।
एनसेलले हाल निःशुल्क टि्वटर अफर पनि दिएको छ ।

No comments: