Ads Top

यसकारण चिनियाँ सेना नेपालमा



काठमाडौं ९ फागुन – चिनियाँ जनमुक्ति सेनाको एक उच्च सैन्य टोली दुई दिने भ्रमणमा आइतबार काठमाडौं आएको छ । चिनियाँ जनसेनाको पश्चिम कमाण्ड हेर्ने मेजर जनरल चाओ जिनसोङ्को नेतृत्वमा १५ सदस्यीय सैन्य टोली आएको हो । नेपाल र चीनबीच संयुक्त सैन्य तालिमको तयारी भइरहेका बेला चिनियाँ टोली नेपाल भ्रमणमा आएको हो । यद्यपी नेपाल र चीनले हालसम्म संयुक्त सैन्य तालिम हुने मिति, स्थानबारे घोषणा गरेका छैनन्। नेपालले भारत र अमेरिकासँग सैनिक अभ्यास गर्दै आएपनि चीनसँग भने पहिलोपटक यस्तो अभ्यासको तयारी भएको हो ।

चीनसँग हुने सैन्य तालिम सानो खालको हुने र विपद् व्यवस्थापनाका बिषयमा अनुभव साटासाट गरिने सेनाले जनाएको छ । उक्त संयुक्त तालिमको मोडालिटीबारे नेपाल र चीनबीच छलफल भइरहेको बताइएको छ । नेपाली सेनाका प्रवक्ता ताराबहादुर प्रवक्ता कार्कीले नेपाल चीन संयुक्त तालिमको मिति तय भइ नसकेको बताए । ‘यही फागुनको ते श्रो साता चीनसंग एक चरणको बैठक आयोजना हुनेछ । त्यसपछि संयुक्त तालिमको मिति तय हुनेछ’ प्रवक्ता कार्कीले भने ‘अहिले गृहकार्यकै चरणमा छौँ ।’ चिनियाँ सैन्य टोलीले आइतबारै नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेटवार्ता गरेको छ ।

प्रवक्ता कार्कीले भेटमा नेपाल र चीनबीचको सैन्य सम्बन्धको विस्तारबारे कुराकानी भएको बताए । ‘दक्षिण एसिया क्षेत्रको भ्रमणमा उहाँहरु आउनु भएको हो । यो सद्भावना भ्रमण मात्र हो’ उनले भने । सो अवसरमा दुई सेनाबीचको संबन्ध र सहकार्यबारे कुराकानी भएको सेनाले जनाएको छ। भ्रमणबाट सैनिक सम्बन्ध सुदृढ र विस्तार गर्न मद्दत पूग्ने विश्वास सेनाले लिएको छ । नेपाल भ्रमण सकेर चिनियाँ सैन्य टोली मंगलबार भारत जानेछ । अन्नपूर्ण पोस्ट बाट साभार

No comments:

Powered by Blogger.