Ads Top

भारतले नेपालको जानकीमा अड्डा जमाउँदै, नेपालको झण्डा यसरी फाल्यो (भिडियो)


काठमाडौं । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आइरहेको भारतले अहिले फेरी अर्को हस्तक्षेप गरेको छ ।

जनकपुरस्थित पवित्र धार्मिक स्थल जानकी मन्दिरमा भारतले भारतको झण्डा राखेर नेपालको स्वभाविमानमाथि आँच आउने काम गरेको छ ।
सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भएपछि दर्शकहरुले जनतासँग सिधा कुरामा यस विषयलाई उठाइदिन भन्दै फोटो पठाएका थिए । हिजो अर्थात शनिबार यस विषयले दिनभर सामाजिक सञ्जालमा चर्चा पायो ।
दर्शकको चासोसँगै हामीले जनकपुरस्थित न्यूज२४ टिभी जर्नालिष्ट राजकमल सिंहले यस विषयमा सत्थतथ्य पत्ता लगाएका छन् । टिभी जर्नालिष्ट सिंह त्यहाँ पुग्दा मन्दिरमा फहराइएको भारतीय झण्डा हटाउन लगाइसकेको पाइएको छ ।
पहिला दुवै देशको झण्डा फहराइए पनि अहिले नेपालको झण्डा निकालेर फालिएको र भारतको झण्डा मात्र फहराइएको थियो । भारतको झण्डा रहिरहँदा नेपालको झण्डा कसरी निकालियो भन्नेबारेमा मन्दिरका कर्मचारीलाई समेत थाहा नभएको बताउँछन् ।
नेपालको स्वभिामानमा त्यत्रो धक्का पुग्दा प्रशासनदेखि राजनीतिक दलका नेताहरु  मौन छन् । भारतीय झण्डा जानकी मन्दिरमा कसले र किन फहराउन लगाएको हो यसबारे अझैं खुल्न सकेको छैन् ।

No comments:

Powered by Blogger.