२ पेग रक्सीमा विकेर भष्ट्र राजनीतिज्ञलाई आदर्श मान्ने कार्यकर्ता रहुन्जेल देश बिकास हुँदैन
(शनिबार राति प्रसारण भएको सिधा कुरा जनता संग कार्यक्रममा रबि लामिछानेले सुरुवातनै यसरि गरे । आज २ ओटा बिषयमा कुरा गरौँ । १. समस्याबारे जानकारी नहुने । २. समस्याबारे जानकारी पाएर पनि आँखा र कान बन्द गरिदिने ।)
गलत मानिस सिफारीस भएको, गलत प्रकृयाबाट नियुक्त्ति भएको बारे आमसंचार र सर्वसाधारण मानिसहरुले व्यापक विरोध गरिहँदा पनि सरकार टेरपुच्छर लगाउँदैन । यो भनेको के ? हाम्रो विचारमा यसको अर्थ हो तिमिहरु जाबो जनताले जति बिरोध गरन ।
हामी पावरमा छौँ, हामीलाई जे मनलाग्छ त्यही गर्छौ हाम्रो पार्टीका नजिकका मान्छे र हामीलाई टन्न पैसा दिने मान्छेलाई हामी इच्छा लागेको पद र जिम्मेवारी दिन्छौँ । रेडियो,टिभी , पत्रपत्रिकामा जतिसुकै विरोध होस न हामीले गरेपछी ग¥यो ग¥यो ।
जनताको विरोध आउँदैमा हामी आफ्ना मान्छे भर्ती गर्न छोड्ने हो र ? त्यसमाथी हामी जस्ता ठुला राजनीनितज्ञलाई त्यस्ता मिडिया,सामाजीक सञ्जाल र जनताको कुरा सुन्ने फुुर्सद छ र ?
जनभावनालाई सरासर लात हानीनुलाई यसरी नै बुझ्नु पर्ने हुन्छ नत्र गलत निर्णयहरुका बिरुद्द सामाजिक सञ्जालका भित्ताहरु टनाटन भरिदाँपनि किन सच्याइदैनन् त्यस्ता निर्णयहरु ? सत्तामा पुगेपछि मनलागी गर्न पाइने लोकतन्त्र सायद हाम्रो देशमा मात्र होला ।
नियम मिच्न पाउँदा आँफुलाई हिरो ठान्नेहरु रहिरहुन्जेल ,केहि नेताहरु र टापटिपे गुण्डाहरुको साहारा लिएर ठुलाठुला ठेक्कापट्टा हत्याउन सफल व्यापारीहरु रहुन्जेल र २ पेग रक्सीमा विकेर भष्ट्र राजनीतिज्ञलाई आफ्नो आदर्श मान्ने कार्यकर्ताहरु रहुन्जेल परिर्वतनको महशुस गर्न सकिदैन । यद्धपी केहि जनतालाई केहि समयका लागि वेवकुफ बनाउन सकिएला तर सबै जनतालाई सधैका लागि वेबकुफ बनाउन कदापी सकिन्न ।
No comments: