मुटु दरो हुनेले मात्र हेर्नुहोस । बेहुलीझैं सजिएर आफ्नै छोरीको हत्या गरि आफैलाइ लगाइन पासो । हेर्नुहोस् भिडियो
मुटु दरो हुनेले मात्र हेर्नुहोस । बेहुलीझैं सजिएर आफ्नै छोरीको हत्या गरि आफैलाइ लगाइन पासो । हेर्नुहोस् भिडियो
मुटु दरो हुनेले मात्र हेर्नुहोस । बेहुलीझैं सजिएर आफ्नै छोरीको हत्या गरि आफैलाइ लगाइन पासो । हेर्नुहोस् भिडियो
Enjoy reading Nepali Lekh Rachana "समयको खेल " from Our weekly Entertainment MagazineSaptahik.
सबैभन्दा पहिले मलाई पोखराको स्कुलमा भर्ना गरियो तर मैले पोखरामा बसेर पढ्न पाइनँ, किनभने बुबाको सरुवा भयो । फेरि हामी काठमाडौं आएर पनि भनेजस्तो भएन स्कुलमा भर्ना गर्ने समय सकिएकाले मैले काठमाडौंमा पढाइ सुरु गर्न पाइनँ । बुबाको जागिरबाट आएको पैसाले हामीलाई पाल्न मुस्किल भएपछि हामीलाई गाउँ पठाउने निर्णय गरियो । गाउँमा गएको १-२ वर्षपछि मम्मीको कोखबाट बहिनीले जन्म लिइन् । यताउता गर्दागर्दै मेरो उमेर पनि १० वर्षको पुग्यो । अर्को वर्ष म १ कक्षामा भर्ना भएर पढ्न जान थालें । कक्षा ८ मा पढ्दापढ्दै मम्मी-बुबाको खुसीका लागि मैले गाउँकी एक केटीसँग विवाह गरें ।
स्कुल पढ्ने भएकाले म उनले भनेका सबै कुरा पूरा गर्न सक्दिनथें । त्यसैले उनी मबाट टाढा हुन थालिन् । कक्षा १० मा पुगेपछि असार साउनको दुई महिना म ट्युसन पढ्न कोटेश्वर गएको थिएँ । एकसाता त राम्रैसित पढें, मेरो टाउको दुख्ने रोगले गर्दा पढ्न सकिनँ । उपचारका लागि बुबाले धेरै ठाउँमा लानुभयो । काठमाडौंमा मेरो उपचार नभएपछि मलाई फेरि गाउँमा लगियो ।
मलाई घरमा लगेर जहाँ राखिएको थियो त्यहाँ म हिँड्न, खान सक्दिनथें । त्यो बेला मेरा मम्मी-बुबा गहभरि आँसु लिएर बस्नुभयो । म त्यस्तो अवस्थामा हुँदा पनि मेरी श्रीमतीले के भयो भनेर कहिल्यै सोधिनन् । मैले विवाह गरेर ल्याएकी श्रीमतीले कहिल्यै पनि मायाको आभास दिइनन् । हिँड्न सक्ने भएपछि मैले अध्ययनलाई निरन्तरता दिएँ । मैले राम्रोसँग पढ्न नपाई एसएलसी दिएँ । मेरो एसएलसीको नतिजा राम्रो आयो तर मैले एसएलसीपछि अध्ययन अघि बढाउन सकिनँ किनभने मैले विवाह गरेकी श्रीमतीले पनि मलाई छाडेर कहिल्यै आउँदिनँ, तेरो भर पर्दिनँ भनेर घरबाट सदाका लागि बिदा भइन् । अनि गाउँका सबै चोटहरू बिर्सिएर काठमाडौंमा आएर रेस्टुराँमा काम गरिरहेको थिएँ । काम गर्ने क्रममा मेरो हात टाँका लगाउनुपर्ने गरी काटियो । उपचारचाहिँ अफिसबाटै भयो ।
म अहिले पनि मनभरि चोट, पीडा अनि आँसुका मुहानहरू रोकेर हिँडेको छु । रुन मन लागेर कसैले नदेख्ने ठाउँमा जान्छु । अहिले चाहिँ मैले चाहेजस्तो काम पाएको छु ।
पी. गिरी
No comments: