Ads Top

श्रीमानहरुलाई आफ्नो श्रीमतीसँग सेक्स माग्न नै डराउनुपर्ने हुन्छ होला । बेग्लोरमा श्रीमतीसँग सेक्स माग्दा महिलाको लात्तिबाट श्रीमानको ज्यान गएको छ । श्रीमानको गोप्य अंगमा लात हान्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ

श्रीमान श्रीमतीबिच आफु अनुकुल सेक्स गर्न सक्छन् । तर भारतमा एक यस्तो अनौठो घटना घटेको छ । जुन घटना सुन्दा श्रीमानहरुलाई आफ्नो श्रीमतीसँग सेक्स माग्न नै डराउनुपर्ने हुन्छ होला । बेग्लोरमा श्रीमतीसँग सेक्स माग्दा महिलाको लात्तिबाट श्रीमानको ज्यान गएको छ । श्रीमानको गोप्य अंगमा लात हान्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनका श्रीमानलाई एचआईभी थियो र कण्डमको प्रयोग बिना नै यौनसम्बन्धको माग गरिरहेका थिए । यहि कुरामा दुबैको झगडा भयो । र झगडाकै क्रममा श्रीमतीले उनको गोप्य अंगमा लातले बजारिन् । जसकारण उनको ज्यान गयो । परिवारले चुपचाप मृतकको अन्तिम संस्कारको तयारी गरिरहेका बेला पुलिसलाई यसबारे जानकारी भएको छ ।

स्रोतका अनुसार शनिबार आधा रातपछि श्रीमान–श्रीमतीको झगडामा श्रीमानको ज्यान गएको छ । ३५ वर्षीया निर्मलाका अनुसार उनका ४५ वर्षे श्रीमानलाई एचआइभी थियो । यति हुँदा हुँदै पनि उनका श्रीमानले असुरक्षित यौनसम्बन्धको माग गर्ने गरेको उनले बताइन् । यसै कुरामा यी दुईको धेरैजसो झगडा हुने गरेको समेत उनले बताइन् ।

शनिबार राती पनि दुबैको झगडा भयो । श्रीमानको हत्याको आरोपी निर्मलाले असुरक्षित यौनसम्पर्कका लागि अस्विकार गरेपछि उनका श्रीमानले उनलाई पिट्न सुरु गरेको उनले बताइन् । यसै क्रममा आफ्नो बचाउ गर्नेबेला उनले उदयको गोप्य अंगमा चोट लाग्न पुगेको उनले जानकारी दिइन् ।

श्रीमानको मृत्यु भइसकेको थाहा पाएका कारण उनले उदयलाई अस्पताल नलगेको उनले बताइन् । उनी भन्छिन्, ‘उदयको यस्तो तरिकाले मृत्यु भयो भन्ने कसैलाई पनि थाहा नहोस् भन्ने सोचर मैले यसबारे कसैलाई पनि जानकारी दिन चाहिनँ र गोप्य रुपमा अन्तिम संस्कारको तयारी गरें ।’

उदयकी बहिनी परिमालाले निर्मलामाथि आफ्नो दाइको हत्याको आरोप लगाउँदै पुलिसमा मुद्दा दर्ता गरेकी छिन् । परिमालाका अनुसार निर्मला आफ्ना एक छिमेकीसँगको सम्बन्धमा छिन् र उनीसँगै बस्न चाहन्छिन् त्यसकारण उनले उदयको हत्या गरेकी हुन् । एजेन्सी

- See more at: http://www.pathivaranews.com/2017/02/27/10471/#sthash.MbCrH8Vn.dpuf

No comments:

Powered by Blogger.