Ads Top

ज्योती मगरले जंगलमा ज्याकेट फु्कालेपछि दर्शक हेरेको हेर्यै

ज्योती मगरले जंगलमा ज्याकेट फु्कालेपछि दर्शक हेरेको हेर्यैआइतवार, फाल्गुन २२,
हिजो शनिबार जंगल फेस्टिभलको अन्तिम दिन । बिदाको दिन पनि परेकोले हिजोअस्ती भन्दा धेरै मानिसहरु जंगल फेस्टिभलमा ओइरिएका थिए । त्यसैमाथि हिजो जंगलभित्र गायिका ज्योती मगरको प्रस्तुती र नेपाल भर्सेज भारतको घम्साघम्सी रेस्लिङ हुने भएपछि सबैको आकर्षण बन्न पुगेको थियो जंगल फेस्टिभल
छोटो मिनीस्कर्टमाथि ज्याकेट लाएर स्टेज उक्लिएकी ज्योती मगरलाई देख्ने बित्तिकै जंगलभित्र एकाएक कोलाहल मच्चियो । ज्योती पनि के कम ? पोखरेली दर्शकलाई स्टेजबाट भनिन्, ‘आइ लभ यू अल’ । त्यसैमाथि उनले ‘फ्लाइङ किस’ थपिदिईन् । त्यसपछि त झन् जंगलमा एकै छिन हल्लाखल्ला नै भयो ।
जब ज्योतीले आफ्नो ‘अदा’ देखाउँदै गीत गाउन थालिन्, तब दर्शक हेरेको हेरेइ भए । बिस्तारै माहौल तताउँदै लगेर ज्योतीले आफ्नो ज्याकेट फुकालिन् । त्यसपछि त झन् दर्शकको हुटिङले जंगल नै गुञ्जियो । त्यसपछि उनी स्टेजबाट तल झरेर ‘रेस्लिङ रिङ’मा पुगेर ज्योतीले गीत गाउन थालिन् । दर्शकको नजिक पुगेर ज्योतीले गीत गाउन थालेपछि एकैछिन् त आयोजकलाई भीड थाम्न हम्मेहम्मे परेको थियो । त्यसपछि उनी आयोजकको आग्रहमा पुनः स्टेज फर्किईन् ।
ज्योती मगरले माहौल तताइरहेका बेला माहौललाई पुनः पोखरेली मोडलहरुले ‘क्यास’ गरे । जंगल थिममा भएको फेशन शो मा १२ जना मोडलहरुले र्‍याम्पमा आफुलाई उतारे । लगालग दर्शकलाई तान्ने कार्यक्रमहरु राखिएको जंगल फेस्टिभलको अन्तिम दिन सबैभन्दा बढि आकर्षण भने रेस्लिङ मै थियो । सबै दर्शक रेस्लिङलाई व्यग्र भएर कुरिरहेका देखिन्थे । जब फेशन शो सकियो, तब दर्शकहरुको पर्खाई सकियो ।

No comments:

Powered by Blogger.