Ads Top

एमालेले बन्दुकलाई परास्त गरेको छ, आज लाठीलाई पनि परास्त गरेर अघि बढ्छौंः लालबाबु

इनरुवा, २३ फागुन । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले अब मधेसमा एमालेले लाठीलाई परास्त गर्ने बताएका छन् ।
मेची महाकाली अभियान अन्तर्गत सोमबार सुनसरी सदरमुकाम इनरुवामा आयोजित जनसभालाई सम्बोधन गर्दै एमाले नेता पण्डितले माओवादी र मधेसवादी दलतर्फ संकेत गर्दै विगतमा एमालेले जनयुद्धका क्रममा बन्दुकलाई परास्त गरेको र अहिले मधेसका ठेकेदारको लाठीलाई पनि परास्त गरेर अगाडि बढ्ने उद्घोष गरे ।
संविधानको विरोधमा आउने कुनैपनि शक्तिसँग सामना गर्न आफ्नो पार्टी तयार रहेको बताउँदै उनले भने- ‘हामी संविधान र राष्ट्रियताविरुद्ध भ्रम फैलाउने शक्तिलाई परास्त गर्न चाहन्छौं । विगतमा नेकपा एमालेले बन्दुकलाई परास्त गरेको छ, आज लाठीलाई पनि परास्त गरेर अघि बढ्छौं ।’
मधेसमा अब नेकपा एमाले पहिलो दल बन्ने उद्घोष गर्दै नेता पण्डितले मधेसको ठेक्का नलिन मधेसी मोर्चालाई आग्रह समेत गरे ।

जनसभामा लालबाबुले अरु के भने ?

हामी संविधान र राष्ट्रियताविरुद्ध भ्रम फैलाउने शक्तिलाई परास्त गर्न चाहन्छौं । नेकपा एमालेले बन्दुकलाई परास्त गरेको छ आज लाठीलाई पनि परास्त गरेर अघि बढ्छौं ।
माकुराले जालो लगाएजस्तै विष लगाउन खोज्नेहरुलाई हामी सावधान गराउन चाहन्छौं कि तपाईको यो जालो च्यात्छौं, फास्टछौं ।
हामी सामाजिक न्यायको पक्षमा छौं । नेकपा एमाले सामाजिक सुरक्षा, राष्ट्रिय सद्भाव र संविधान कार्यान्वनयको पक्षमा छ । कार्यान्वयनविरुद्ध आउने कुनै पनि शक्तिसँग सामना गर्न हामी तयार छौं ।
संविधान च्यात्न, जलाउन संविधानविहिन अस्थिरतामा रमाउनेहरु, आतंक र झै झगडामा रमाउनेहरुलाई सावधान गराउन चाहन्छु । हामी शान्तीका रुप हौं, क्रान्तिका अगुवा हौं । नेकपा सबै जातको पार्टी हो पुरै देशको पार्टी हो ।
हामी दुश्मनीको राजनीति गर्दनौं, तर जाइलाग्नेलाई छाड्दैनौं ।-
-Dainik Nepal

No comments:

Powered by Blogger.