Ads Top

स्याङ्जा सहयोग समाज कतारको साधारणसभा सम्पन्न, अध्यक्षमा लम्साल निर्वाचित

17361253_1235064366571206_1945520634_nअमृत शर्मा,पोखरेल/टिभी अन्नपूर्ण ६ चैत्र, कतार ।
स्याङ्जा सहयोग समाज कतारको छैटौँ साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले धनन्जय लम्सालको अध्यक्षतामा २७ सदस्यिय कार्यसमिति निर्वाचित गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा हेम राना, घनश्याम अर्याल, अजमत अली त्यस्तै सचिवमा अर्जुन घिमिरे, सह-सचिवमा मोहन काफ्ले, कोषाध्यक्षमा सुर्य अर्याल, सह-कोषाध्यक्षमा प्रकाश परियार तथा सदस्यहरुमा बन्धु घिमिरे, उत्तम भट्टराई, केशव कुमार न्यौपाने, रल बहादुर थापा, लोकेन्द्र सिग्देल, धन बहादुर विक, दुर्गा सुनुवार, दौमया गुरुङ, शेख नजर मिया, पूर्ण बहादुर नेपाली, भगिरथ पौडेल, माधव लुईटेल, विपिन सिंह सिंजाली, कृष्ण बहादुर छेत्री, कर्ण बहादुर विक, शेखा विक, टेकनाथ सुवेदी र बिष्णु प्रसाद पौडेल निर्वाचित भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा संस्थापक उपाध्यक्ष एंबम सल्लाहकार पुर्ण कोशी, अतिथिको रूपमा संस्थापक अध्यक्ष, बौदिक ब्यक्तित्वहरू, सामाजिक संघसंस्थाका प्रतिनिधिहरू लगायत संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व संस्थाका निवर्तमान अध्यक्ष गोपी सुनार तथा सञ्चालन संस्थाका केन्द्रीय सदस्य अर्जुन घिमिरेले गरेका थिए।
साथै नवनिर्वाचित अध्यक्ष लम्सालले आफुलाई निर्वाचित गराउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिदै आगामी ३१ गते संस्थाको एघारौ स्थापना दिवसको अवसरमा समुन्द्री तटमा बनभोजको आयोजना गरिएको र उक्त कार्यक्रममा सहभागी भएर सफल बनाउन सबैलाई अपिल समेत गरेका छन्।
प्रवासमा रहेर पनि सामाजिक सेवामा सर्मपित ‘स्याङ्जा सहयोग समाजको चाहाना, विशुद्ध सामाजिक सेवाको भावना’ भन्ने नाराका साथ सन् २००५ सालमा स्थापना भएको संस्था हो ।

No comments:

Powered by Blogger.