Ads Top

पुरुषलाई बलत्कार गरेको आरोपमा महिला पक्राउ

अमेरिका, हामीले धेरै पुरुषहरुले महिलालाई बलत्कार गरेका घटनाहरु सुन्ने र पढ्ने गरेका छौं तर महिलाले पुरुषलाई बलत्कार गरेका घटनाहरु पत्याउन पनि गाहृ्रो लाग्छ । यस्तै भएको छ अमेरिकाको सियाटल नामक शहरमा
यो घटनामाथी प्रहरी पनि दोधारमा परेको छ । यो घटनामा सियाटल शहरमा बस्ने २६ वर्षिया एक युवती मुछिएकी छिन् जसलाई स्थानीय प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको छ ।
मादकपदार्थको अम्मली रहेको र मानसिक अवस्था स्वस्थ नरहेको पाइएको उनलाई निद्रामा मस्त रहेको पुरुषको हात बाँधेर बलात्कार गरेको पाइएपछि पक्राउ गरिएको थियो एक ३१ वर्षिय पुरुषलाई चेन्ट गिलम्यान नाम गरेकी ति युवतीले बलात्कार गरेकी हुन् ।
प्रहरीका अनुसार छिमेकीको जन्मदिनको पार्टीबाट फर्किएर लखतरान भई सुतेका एक व्यक्तिलाई गिलम्यानले बलात्कार गरेकी थिइन् । अस्पतालले डीएनए परीक्षणपश्चात युवकको बलात्कार भएको पुष्टि गरेको स्थानीय समाचारमा पनि उल्लेख गरिएको छ ।
ँपार्टीबाट फर्किएपछि थाकेका ती युवक ओछ्यानमा पल्टिनासाथ निदाए । राति उनलाई स्वप्नदोष भएजस्तो भयो । २ बजेतिर अचानक बिउँझिदा आफ्नो जिउमाथि युवती मच्चिरहेको पाए । आत्तिँदै उठ्न खोज्दा दुबै हात बाँधिएको थियो । जसोतसो बन्धनमुक्त भएर उनले ती युवतीलाई घरबाहिर निकाले र अस्पताल गई परीक्षण गराए,’ प्रहरीको रिपोर्टमा भनिएको छ ।

No comments:

Powered by Blogger.