Ads Top

नचिनेका र सेभ नभएका नम्बरको पनि नाम देखाउने नेपाली एप्स ‘नेपाल कलर’



काठमाडौं, २६ फागुन, तपाईंको मोबाइलमा सेभ नभएको वा नचिनेको नम्बरबाट आएको फोन कसले गरेको हो भन्ने थाहा नपाएर हैरान हुनु हुन्छ भने अब सजिलै पत्ता लाग्ने एप्स नेपाली बजारमा आएको छ । कुनै नचिनेको नम्बरबाट आएको फोन होस् वा सेभ नगरेको नम्बर होस् तपाईं यो मोबाइल एप्सबाट फोन गर्नेको नामै देख्न सक्नुहुनेछ । 
विश्व बजारमा एप्सको प्रतिष्पर्धा भइरहेका बेला नेपाली बजारमा पनि त्यस्तै खालका एप्सहरु सार्वजनिक हुने क्रममा मोबाइल प्रयोगकर्तालाई ध्यानमा राखेर आइटेक नेपालले 'Nepal Caller: नेपाल कलर' नामक यो एप्स सार्वजनिक गरेको हो । तपाईंको मोबाइलमा घण्टी बज्नासाथ कसले फोन गरेको हो भन्ने कुरा यो एप्सले देखाईदिने छ ।
नेपालीले नेपालीकै लागि बनाएको यो एप्स नेपाली बजारमा पहिलो भएको आइटेक नेपालका निर्देशक जीवन न्यौपानेको दाबी छ । नेपाली बजारमा धेरै एप्स भए पनि यो एप्स दैनिक जनजीवनमा महत्वपूर्ण सावित हुने निर्देशक न्यौपानेको अपेक्षा छ । उनले भने, 'अहिले यो एप्लिकेसन एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध छ तर यो एपले छिट्टै प्रयोगकर्ताको विश्वास जित्नेछ भन्ने आशा गरेका छौं ।’ 
कसरी डाउनलोड गर्ने ?
तपाईंको मोबाइलमा रहेको गुगल प्ले स्टोरमा गएर 'Nepal Caller' वा 'Nepali Caller' सर्च गर्नु भयो भने यो एप पाउन सक्नु हुनेछ । त्यसलाई अन्य एप डाउलोड गरे जसरी नै डाउनलोड गर्न सक्नुहुनेछ । वा डाउनलोडका लागि यो लिंकमा पनि जान सक्नुहुनेछ ।

No comments:

Powered by Blogger.