Ads Top

कतार स्मार्ट कार्ड अथवा ई- कार्ड कसरि बनाउने ? म्याद सकियो यसरि नवीकरण गर्नुहोस




कतार सरकारले ल्याएको नया प्रविधि इ-गेट सिस्टम अथवा (स्मार्ट आइडी) द्वारा कतारको एअरपोर्टमा बिना झंजट देश बाहिर जाँदा अथवा कतार प्रवेश गर्दा धेरै ठुलो चेक जांच गर्नु पर्दैन ! स्मार्ट कार्ड प्राप्त गरेका व्यक्ति हरुले अध्यागमन विभागमा धेरै लामो औपचारिकता निभाई राख्नु पर्दैन, स्मार्ट कार्ड बोकेका हवाई यात्रु तथा अधिकारी हरुले दोहा अन्तराष्ट्रिय एरपोर्टमा आफ्नो स्मार्ट कार्ड Punching  र फिंगर स्क्यान गरेर प्रवेश गर्न पाउने छन् !
तपाईले आफ्नो स्मार्ट कार्ड कसरि बनाउने ?
१. दोहामा रहेको इ-गेट कार्डको कार्यालयमा जानुहोस ! तपाईको पासपोर्ट अथवा आइडि देखाउनुहोस  आवस्यक सुल्क तिनु होला: १ बर्षे म्याद भएको लाइकतारी रियल २००, दुइ बर्षे म्याद भएको लाइ क.री २५० र तिन बर्ष म्याद भएको लाइ क.री ३०० सुल्क लाग्ने गर्दछ ! तपाईलाइ कति बर्षे चाहिन्छ त्यै अनुसार सुल्क तिर्नु होला !
२. मदिना खलिफामा रहेको अध्यागमन विभाग (immigration department) मा आफ्नो कतार आइ डी लगेर गेट नबर १ अथवा २ मा जानु होला (तपाईको भिसा कुन प्रकारको छ हेरेर) त्यहाँ गएर एक प्रति फोटो खिचाउनुहोस्, दुवै हातको फिंगर प्रिन्ट गराउनु होस्, त्यहाँ रहेका कर्मचारी हरुले तपाईलाइ सहयोग गर्ने छन् धेरै गाह्रो हुने छैन !सबैकाम भैसके पछी टोकन को लागि लाइनमा लाग्नु होस्, जब आफ्नो नाम आउछन काउन्टरमा गएर आफुले सबै प्रक्रिया पुरा गरिसकेको जनाउनुहोस् !
तपाईले आफ्नो इच्छा अनुसार ३ बर्षे सम्म बनाउन सक्नु हुन्छ जुन तपाईले बनाएको इ-कार्ड कतार आइडी कार्ड को आधारमा बनिने भएकाले यताउता बोकेर हिड्नपनि सहज हुने विश्वास गरिएको छ ! अध्यागमन भिभागले तपाईलाइ कतार आइडी जस्तै एउटा स्मार्ट कार्ड दिने छ जुन तपाईले पासपोर्ट अथवा कतार आइडी नबोकेको बेला पनि त्यसले सरकारी कामकाज को लागि मान्यता पाउने छ ! तर तपाईको कतार भिसा रहुन्जेलका लागि मात्र मान्यता हुने छ !
मुख्य फाइदा:  
दुइ बर्षमा एक पटक घर जाने  आउने नेपाली हरुको लागि खास्सै फाइदा जनक नदेखिएपनि, बर्षमा २-४ पटक कतार बाहिर कतार भित्र गरि राख्ने व्यक्ति हरुको लागि भने एकदमै उपयुक्त व्यवस्था हो ! कतार अध्यागमन भिभागमा पुरा गर्नु पर्ने धेरै औपचारिकता इ-गेट बाट छिर्ने हरुलाई पुरा गर्नु पर्दैन ! लामो लाइन बाट बचिने पहिलो फाइदा हो भने धेरै बेर सम्म पर्खी राख्नु झंजट बाट पनि बच्न सकिन्छ !
पासपोर्ट अथवा कतार आइडीको रुपमा पनि प्रयोग गर्न मिल्ने  भएकाले  आफ्नो पासपोर्ट र आइडी कार्ड बोकेर हिड्नु पर्दैन, आफ्नो महत्वपूर्ण कागजपत्र हराउला कि भन्ने डर बाट मुक्त पाइने हुँदा कतारी रियाल ३ सय तिरेर तिन बर्षको लागि ढुक्क हुन् पनि सकिन्छ ! यो सुविधा अहिले सम्मान कुन कुन देशको नागरिकले लि राखेको छन् सबैलाई भन्न त सकिदैन तर कतार सरकारको नियम अनुसार अपर्वासी कामदारलाइ पनि यो सुविधा प्रदान गरिएको छ !
तपाइलाई यो सुबिधा कस्तो लग्यो ? हामीलाई कमेन्ट गर्न नभुल्नु होला ! कतारमा रहेरै स्मार्ट कार्ड बनाउन चाहने तपाईको साथी भाइ हरु हुनुहुन्छ भने सेयर गरि सबैलाई जानकारी दिनु होला ! यदि तपाई संग पहिले देखि नै कार्ड छ तर नविकरण गर्ने तरिका थाहा छैन भने हाम्रो अर्को पोस्टको प्रतिक्षा गर्नु होला !

No comments:

Powered by Blogger.