Ads Top

ओरालो लागेको मृगलाई बाच्छोले पनि खेद्छ भन्ने उक्ति मेरै जीवनमा लागू भयो । केहिदिनमा आमा बित्नुभयो । सपना खोज्दा खोज्दै आफ्नै सपनाको मलामी गएको त्यो दिन मेरो जीवनको सबैभन्दा पीडादायी दिन रह्यो ।

‘‘मलाई माफ गर्नुस् आमा ! सायद तपाई जति अभागि आमा संसारमा अरु कोही छैनन् होला । तपाईलाई बढेसकालमा सुख दिने, तपाईका कलेटी परेका ओंठमा हाँसो भर्ने सपना त परै जाओस् संसार छोडेर जानुअघि मलाइ एक झल्को हेर्ने अनि मेरो हातबाट दागबत्ती लिने चाहानासम्म पनि पूरा गर्न सकिन । सायद कर्तव्य बिमुखता र लाचरताको पराकाष्टा यहि होला ।
९ महिना गर्भमा राखेर अनेकौ समस्या र अभावकाबीच आफु खाई–नखाई हुर्काउने तपाईले छोराबाट जीवनमा कहिल्यै सुखको आभाषसम्म पनि गर्न पाउनुभएन । हाम्रो समाजले छोरा—छोरीलाई बुढेसकालको सहारा भनेर परिभाषित गर्छ । तर मैले त्यो भूमिका कहिल्यै निभाउन सकिन ।’’
गाउँमा पैतृक सम्पतिको नाममा रहेको ४ कठ्ठा जग्गा बेचेर विधवा आमा, श्रीमती र एक अबोध बालकलाई छोडेर युरोप भासिएका उनको स्वदेश फर्कने अत्तोपत्तो छैन । दलालको आश्वासनमा ठूलो सपना बुनेर ग्रिस हुदैँ युरोप छिरेका अधिकारीको सपनाको घर भताभुंग भएको छ यतिबेला ।
आखाँबाट बलिन्द्रधारा आँशु चुहाउँदै उनी भन्दै थिए । झण्डै महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुना मदन कृति पढेजस्तो लाग्ने उनको कथा, लेख्न मलाई सारै गाह्रो भयो । उनका पिडा र वेदनाहरु शब्दमा उतार्दै गर्दा साह्रै अ‍ैठन भयो, गला अबरुद्ध भयो अनि आखाँ रसाए ।
यो युरोपको पोर्चुगलमा भेटिएका बर्दियाका राजन अधिकारी (नाम परिवर्तन) को वास्तविकता हो । गरिवी र अभावको जञ्जिरलाई च्यात्दै परिवारलाई सुखसयलपूर्ण जीवन दिलाउने आशामा ५ बर्ष अघि १६ लाख रुपैया तिरेर आएका रहेछन् उनी ।
गाउँमा पैतृक सम्पतिको नाममा रहेको ४ कठ्ठा जग्गा बेचेर विधवा आमा, श्रीमती र एक अबोध बालकलाई छोडेर युरोप भासिएका उनको स्वदेश फर्कने अत्तोपत्तो छैन । पोर्चुगलमा राम्रो आम्दानी हुने, ६ महिना भित्रै कार्ड बन्ने र पछि परिवार समेत लिएर जान सकिने दलालको आश्वासनमा ठूलो सपना बुनेर ग्रिस हुदैँ युरोप छिरेका अधिकारीको सपनाको घर भताभुंग भएको छ यतिबेला ।
आफ्नो अवस्था नाजुक बन्दै गएकी आमाले एक दिन फोनमा रुदैँ भन्नुभयो, –“म तिमीलाई नदेखिकनै मर्छु की क्याहो बाबु ! मलाई झनै गाह्र्रो हुँदै गएको छ । तिम्रो मुहार हेर्ने धोको छ । आमाको यो कारुणीक बाणीले आत्मा पोल्यो ।’ आफ्नो मनलाई शान्त पार्ने प्रयास गर्दै भनेँ, ‘तपार्इँलाई केहि हुँदैन आमा ! चाँडै निको हुन्छ । म सकेसम्म छिटो घर फर्कने छु ।’ सान्त्वना दिँदै फोन राखेँ ।
उनी भन्दै गए, ‘‘आमा पहिल्यैदेखि बाथ, सुगर र मृगौलाको बिरामी । म विदेशीएको केहि महिना पछि नै आमालाई ब्यथाले च्याप्न थाल्यो । यता म आएको ५ महिना पुगिसकोको थियो । तर मेरो कामको अत्तोपत्तो थिएन । साथमा ल्याएको १ लाख नेपाली रुपैया सकिन लागिसकेको थियो ।
बिहान उठेर कामको खोजीमा यताउति भौतारि रहन्थें । तर नत कोहि चिनजानको व्यक्ति, न हातमा सिप, न भाषा ! धेरै दुःख पाएँ । कामको खोजिमा भौतारिएर थकित म एकदिन मार्टिमुनिज पार्कमा बसिरहेको थिएँ । एकजना कृषि फार्ममा काम गर्ने नेपाली दाईसंग भेट भयो । उनलाई आफ्नो दुःखको विच्छ्यान लगाएपछि उनले खेतिमा सुन्तला टिप्ने काम लगाईदिए ।
त्यसपछि मलाई धेरै राहत महशुस भयो । घरपरिवार अनि बिग्रेको आर्थिक अवस्था सम्झेर घाम पानी केहि नभनी काम गरें । महिनाको झण्डै ४ सय युरो (झण्डै ४५ हजार नेपाली आम्दानी हुन्थ्यो । केहि नहुनुभन्दा थोरै भएपनि भएकै राम्रो भन्ने जस्तो लाग्यो । कामको ब्यवस्था भएपछि जीवन केहि सहज हुने कल्पना गर्दै थिए ।
म आशावादी थिएँ, एपोइन्टमेण्ट पाएकाले केहि महिना भित्रै कार्ड बनेर घर फर्कनेमा । तर विडम्बना ! म काम गरिरहेको कम्पनी कालो सूचीमा रहेछ । जसले गर्दा मलाई फिंगर दिनुको साटो २० दिने कन्ट्री आउट (२० दिन भित्र देश छोड्ने आदेश) दियो । कम्तिमा कार्ड बनेको भए साथीभाईसँग ऋण काढेरै भएपनि जतिसक्दो छिटो नेपाल फर्केर आमाको मुहार हेर्ने सोच बनाएको म किम्कर्तब्यविमुख बने ।
केहि समयपछि कामको धपेडीले विरामी परें । मलाई जण्डीस भयो । चिकित्सकले केहि समय काम नगर्न सल्लाह दिएपछि २ महिना काम छोडेर कोठामै आरम गरें । केहि समयपछि मलाई त निको भयो काममा फर्किएँ । काम सुरु गरेको १७ महिना पछि पेपरको लागि डकुमेन्ट पेश गर्न सेफले (अध्यागमन अधिकारी) अपोइन्टमेण्ट दियो ।
तर नेपालमा आमाको अवस्था दिनदिनै विग्रँदै थियो । १५–१५ दिनमा डाइलासिस गराउनुपर्ने । उपचार खर्च निकै महंगो । मैले यहाँ कमाएको रकमले जेनतन आमाको उपचार भइरहेको थियो । तर सुधार भन्दा अवस्था विग्रदै जान थाल्यो ।
आफ्नो अवस्था नाजुक बन्दै गएकी आमाले एक दिन फोनमा रुदैँ भन्नुभयो, –“म तिमीलाई नदेखिकनै मर्छु की क्याहो बाबु ! मलाई झनै गाह्र्रो हुँदै गएको छ । तिम्रो मुहार हेर्ने धोको छ । आमाको यो कारुणीक बाणीले आत्मा पोल्यो ।’ आफ्नो मनलाई शान्त पार्ने प्रयास गर्दै भनँे, ‘तपार्इँलाई केहि हँुदैन आमा ! चाँडै निको हुन्छ । म सकेसम्म छिटो घर फर्कने छु ।’ सान्त्वना दिँदै फोन राखेँ ।
म आशावादी थिएँ, एपोइन्टमेण्ट पाएकाले केहि महिना भित्रै कार्ड बनेर घर फर्कनेमा । तर विडम्बना ! म काम गरिरहेको कम्पनी कालो सूचीमा रहेछ । जसले गर्दा मलाई फिंगर दिनुको साटो २० दिने कन्ट्री आउट (२० दिन भित्र देश छोड्ने आदेश) दियो । कम्तिमा कार्ड बनेको भए साथीभाईसँग ऋण काढेरै भएपनि जतिसक्दो छिटो नेपाल फर्केर आमाको मुहार हेर्ने सोच बनाएको म किंकर्तव्यविमुख बने ।
ओरालो लागेको मृगलाई बाच्छोले पनि खेद्छ भन्ने उक्ति मेरै जीवनमा लागू भयो ।  केहिदिनमा आमा बित्नुभयो । सपना खोज्दा खोज्दै आफ्नै सपनाको मलामी गएको त्यो दिन मेरो जीवनको सबैभन्दा पीडादायी दिन रह्यो ।
घर फर्कुँ कसरी ? फर्कुँ सम्पतिको नाममा गाउँमा एउटा सामान्य टिनको छानो भएको घर शिवाय केहि बाँकी छैन । सास छउन्जेल आश भने झैँ आमाको उपचार रोक्न सक्ने अवस्था पनि रहेन । मैले पैसा नपठाएसम्म आमाको उपचार सम्भव थिएन । आमाको हेरचाह गर्ने श्रीमती र नाबालक छोराप्रतिको कर्तब्य र जिम्मेवारी पनि मेरै काँधमा थियो ।
ओरालो लागेको मृगलाई बाच्छोले पनि खेद्छ भन्ने उक्ति मेरै जीवनमा लागू भयो । केहिदिनमा आमा बित्नुभयो । सपना खोज्दा खोज्दै आफ्नै सपनाको मलामी गएको त्यो दिन मेरो जीवनको सबैभन्दा पीडादायी दिन रह्यो ।
आमासँग बिताएका विगतका ति दिन भल्झली आँखामा चलचित्रका दृष्य झैँ एक—एक गर्दै आउन थाले । ‘सानोमा आमाको काखमा तेर्सो परेर घटघटी दूध पिलाएको, आफु गुन्द्रुक–आटो खाएर मलाई पुल्पुलाउँदै ‘कोखाई कोखाई बाबु खाई’ भन्दै जाउलो खुवाएको, आसि, खुर्पेटो, नाम्लो, ढीकी जाँतो, मेलापात यि सबकुरा छिचोलेर साँझ च्याप्प समातेर न्यानो अंगालोमा बेरेर म्वाई खाएको ।’
आमा भन्ने गर्नुहुन्थ्यो, ‘मिठो मसिनो जे खाएपनि सबै परिवारसंगै भईयोस्, चाडपर्वसंगै मनाउन पाइयोस्, विरामी हुँदा कम्तीमा तातोपानी खुवाउने मान्छे होस्, संगै हाँस्न, रुन पाइयोस् । त्यतिभए पुग्छ बाबु । मलाई अरु केहि चाहिँदैन ।’
झण्डै एक बर्ष भयो मेरो फिंगर भएको तर अझै कार्ड आएको छैन । कार्ड आउला तर यो कार्डले मलाई खुशि वा सन्तुष्टीभन्दा बढी पीडा, रोदन र आत्मग्लानी  दिएको छ । अरुका नजरमा युरोपको कार्ड होल्डर हुँला । सम्पन्नताको बाटोमा लम्कीयो भन्ने होला । तर अन्तर्यमा हेर्दा जे सपना बेकेर आएको थिएँ ति सपनाकै चितामा दागबत्ति दिइसकेको कृयापुत्री म कसरी सन्तोष मानु !?
तर आमा तपाइलाई के थाहाँ तपाईकोे आशाको त्यान्द्रो कति विवश थियो भन्ने । आमा आज तपाई अर्के संसारमा, म अर्के संसारमा । हामी कहिल्यै भेट्न नसक्ने गरी छुट्टियाँै ।
झण्डै एक बर्ष भयो मेरो फिंगर भएको तर अझै कार्ड आएको छैन । कार्ड आउला तर यो कार्डले मलाई खुशि वा सन्तुष्टीभन्दा बढी पीडा, रोदन र आत्मग्लानी दिएको छ । अरुका नजरमा युरोपको कार्ड होल्डर हुँला । सम्पन्नताको बाटोमा लम्कीयो भन्ने होला । तर अन्तर्यमा हेर्दा जे सपना बेकेर आएको थिएँ ति सपनाकै चितामा दागबत्ति दिइसकेको कृयापुत्री म कसरी सन्तोष मानु !?
भनिन्छ जीन्दगी सोचे जस्तो सरल र सहज कहिल्यै हुँदैन । सबै आफ्नो भाग्यको खेल हो । आजभोली यसै भनि मन बुझाउँछु । परिवेश फरक होला, पीडा एउटै हो । आज म मात्र होइन, बुबा, आमा, श्रीमती र छोराछोरीलाई सुख दिलाउने अभिलाषामा अरबका खाडी पुगेका, गरिवी र अभावले पिल्सिएका कति नेपाली युवाका सपनाहरु दिनहुँ काठको बाकसमा प्याक भएर फर्किँदैछन् ।
कति गलत लान्छनामा विदेशका जेलमा मृत्युदण्डको प्रतिक्षा गर्न बाध्य छन्, त कोहि अस्पतालमा मृत्यु शैयामा छट्पटाईरहेका छन् ।
नेपालको राजनीतिक नेतृत्व सहि हुँदो हो अनि देश र जनताको बारेमा थोरै मात्र सचेत हुँदो हो त सायद हामी जस्ता युवा कम्तीमा विहान बेलुकाको छाक टार्न, परिवारको उपचार खर्च जुटाउन तथा छोराछोरीलाई उचित शिक्षादिक्षा दिलाउने न्युनतम आवश्यकता पूरा गर्नकै लागि विदेशिन बाध्य हुनुपर्ने थिएन ।

No comments:

Powered by Blogger.