Ads Top

डिप्रेशनबाट मुक्त हुन यसो गर्नुहोस



काठमाडौं, २६ पुस । विशेषगरी युवा युवतीहरु डिप्रेसनको शिकार भईरहेका छन । प्रायः प्रेमी, भौतिक सम्पत्ति, मनग्य तलब जस्ता कुराहरुमा बढि ध्यान दिने गर्दा पनि आफुले सोचेको जस्तो नभएपछि उनिहरु यस्तो समस्याबाट गुज्रिरहेका छन । जतिबेला पनि निराश भएर बस्ने, बाहिरी वातावरणसँग टाढा रहन खोज्ने गर्दा झनै डिप्रेसन बढ्दै जान्छ । यसबाट जोगिने सरल उपाय भनेको नै मानसिक स्वास्थ्यमा पनि रुची बढाउनु पर्दछ । विभिन्न गतिविधिमा संलग्न हुनु पर्दछ । यस्तो समस्याबाट छुटकारा पाउन घरको सामान्य काममा भएपनि व्यस्त हुने, सकारात्मक सोच्ने, आफुसँग भएको कुरामा नै सन्तुष्ट हुने गर्नुपर्दछ ।
डिप्रेशनको समस्याबाट मुक्ती पाउने उपायहरु
– के कारणले आफ्नो जीवनमा नकारात्मक अवस्था आयो भन्ने पहिचान गर्न जरुरी छ । यसको लागि साथी, परिवार, र अन्य सहयोगी समूहको मद्दत लिनपर्छ ।
– सकारात्मक सोच राख्नुहोस्
तपाईले यो बुभ्mन जरुरी छ कि खुशी मानिसहरुलाई पनि तपाईलाई जस्तै असफलता, निराश, अस्वीकारोक्ति, नकरात्मक संवेग, पीडा, ठूलो चिन्ताले सताउँछ तर उनिहरु ति सबै कुरालाई सहर्ष स्विकार्छन । ति सबै समस्या जीवनमा सामान्य हुन भन्दै सकारात्मक सोच राख्छन ।
– तपाईसँग जे छ त्यो नै पर्यात छ
तपाईसँग जे छ त्यो नै सबै थोक वा पर्याप्त छ भन्ने कुरा सोच्नुहोस् । नभएको कुरामा चिन्ता लिएर जीवन बर्बाद नगर्नुहोस् तपाईसँग जे छ त्यसमा नै सन्तुष्ट हुनुहोस । संसारमा करोडौं मानिस छन जोसँग तपाई जति पनि छैन ।
– स–साना कुरामा खुलेर रमाउने बानी गर्नुहोस् ।
आफ्नो निराशाको लागि कुनै घटना वा अन्य मानिसलाई दोष दिइएको छ भने म आफै गल्ती छु भनेर महशुस गर्नुपर्छ । मैले यस्तो सोच्न होइन भनेर दिमागलाई परिवर्तन गर्नुपर्छ । स–सना रमाइलोमा खुलेर हाँस्नुपर्छ ।
– आफ्ना कमजोरीबारे नजिकको सम्बन्ध भएकालाई मात्र सुनाउनुहोस् । किनकी तपार्यले गुनासो गर्दा, रुँदा, निराश अनुभवबारे बोल्दा मायालु देखिए पनि बाहिर हेप्ने वा कुरा काट्ने गर्न सक्छन् । जसले गर्दा तपाईमा अझ नराम्रो असर पर्न सक्छ ।

No comments:

Powered by Blogger.