Ads Top

रातारात गायब भएको सहर हजारौं वर्षपछि भेटियो

एजेन्सी, चैत ४
दुनियाँ रहस्यले भरिएको छ । कतिपय रहसय त यस्ता हुन्छन् कि, यकिन् गर्न पनि मुस्किल पर्छ । यस्तै एउटा रहस्य थियो अतितको, जसको वर्तमानमा प्रमाण फेला परेको छ ।
हजारौं वर्षपहिले मध्यअमेरिकी देश होन्डुरसमा एउटा सहर थियो । उक्त समयमा त्यो सबैभन्दा धनी सहर थियो । घना जंगल तथा पहाडको बीचमा लुकेको उक्त सहर निकै चर्चित पनि थियो ।
किंवदन्तीअनुसार उक्त सहरका बासिन्दाले सहरका देवता, जसलाई मंकी गड भनिन्थ्यो उनको अपमान गरेछन् । त्यसपछि क्रोधित भएका बाँदर देवताले श्राप दिए । देवताको श्रापका कारण सहर एकै रातमा हरायो ।
इतिहासमा वर्णित यो सहरको खोजी गर्ने प्रयास विगतमा पनि नभएका होइनन् । तर, त्यसको पनि रोचक कहानी छ । मानिसका अनुसार उक्त सहरको खोजी गर्न प्रयास गर्ने मानिसमा छालाको रहस्यमय रोग देखा पथ्र्यो । उक्त रोगमा मानिसको छालालाई किराले खान थाल्थे ।
तर, यो वर्षको सुरुआतमा नेसनल जियोग्राफी च्यानलका डग्लस प्रेस्टनको टोलीले उक्त सहर पत्ता लगाएरै छाड्यो ।
प्रेस्टनको टोलीले सन् २०१५ देखि नै मध्यअमेरिकाका घना जंगलमा यो सहरको खोजी सुरु गरेका थिए ।
मोस्क्युटा जंगलमा हराइरहँदा प्रेस्टनको टोलीले केही यस्तो देख्यो कि, त्यसपछि उनीहरूमा आशाको किरण जन्मियो । जमिनमा मूर्तिहरूका केही संकेत देखिए ।
अन्ततः त्यहाँ उत्खनन गर्दा प्राचीन सहर रहेको तथ्य फेला पर्यो । त्यहाँ मंकी गडका केही मूर्तिहरू पनि फेला परेको बताइएको छ ।

No comments:

Powered by Blogger.