Ads Top

कतारमा नया नियम लागु भए यता ५१९६ जना अपर्वासी कामदारले कम्पनि परिवतर्न गरे (तपाई कसरि गर्ने )?

कतारको नया श्रम कानुन, जुन डिसेम्बर २०१६ देखि लागु भएको थियो विस्तारै आफ्नो असर देखाउन सुरु गरेको छ ! उक्त कानुन अनुसार कुनै श्रमिकले आफ्नो कम्पनि परिवतर्न गर्दा कम्पनि बाट अनुमति लिराख्नु पर्ने बाध्यतालाई हटाएको थियो ! धेरैले कागजमा मात्रै सिमित कानुन भनेर खण्डन गर्दै आएका थिए !
प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले हिजो जारि गरेको तथ्यांक अनुसार त्यी कामपनि परिवतर्न गरेका व्यक्ति हरुले आफ्नो ५ बर्ष ओपन-एण्डडेड करार अवधि पुरा गरेर कम्पनि परिवतर्न गरेका हुन् ! सामाजिक मामिला मन्त्रालयले भन्छ, गत वर्षको तुलनामा यो अत्यन्तै राम्रो प्रयाश रहेको छ, २०१६ मा जम्मा २२८८ जनाले मात्र कम्पनि परिवतर्न गरेका थिए ! कतारमा नया कानुन सफल रहेको मान्न सकिन्छ जुन २०१६ डिसेम्बरमा लागु भएको थियो !
नया कानुन परिवतर्न भए संगै कतार बाट एक्जित जान सजिलो भएकाले यस बर्ष जम्मा ३ महिनाको अवधि भरमै १८४,३३८ जनाले एक्जित परमिट लिएका छन् ! कतार स्थित अनलाइन पत्रिका दि पेनिन्सुलाले जनाय अनुसार कतारमा कार्यरत कामदार हरुले नया नियमको भरपुर सुविधा लिरहेका  छन् !
कामदारलाइ देश छोडी जान अनुमति दिने कमिटि “एक्जित परमिट ग्रिभेंस कमिटिले” यस बर्षको २ महिना अवधिमै ७६१ कम्पनि विरुद्ध कम्प्लेन प्राप्त गरेको छ ! उक्त कमिटिले ४८५ शिकायत विरुद्धको कार्वाही ७२ घण्टा भित्रै गरेको थियो, ६३ ओटा कम्प्लेन अझै ध्यानकर्षणमै रहेका छन् भने २१३ ओटा कम्प्लेनको कामदारलाई एसएमएस द्वारा रिजेक्ट भएको सूचना जारी गरिसकेको छ ~ दि पेनिन्सुलाले उल्लेख गरेको छ !
यसैगरी कतार स्थित स्थानीय संचार संस्था कतार ट्रिब्युटले लेखेको छ, कतारमा नया नियम लागु भएको दुइ महिना यता मात्रै १०९,८०४ जना कामदारले वार्षिक विदाको लागि कतार छोडेको थिए भने ७४०४९ जना कामदारले आफ्नो कम्पनीलाई उचित माध्यम द्वारा आफुले देश छोड्ने जानकारी दिदै कतार छोडेको थिए !
प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयका  मन्त्रि डाक्टर इस्सा साद अल जाफाली अल नाउमीले भन्नु भयो, हामीले सोचे जस्तै कानुन सहि दिशा तिर गइ रहेको छ ! यसलाई अझै सुद्रिध गर्दै लैजानु हामी सबैको दाइत्व हो !
कतारमा नया श्रमिक नियम लागु भए देखि राम्रो संग पालना भैरहेको छ ! तथ्यांक अनुसार १८४,००० जना कामदारहरुले  यी ३ महिनाको अवधिमा प्रतक्ष्य फाईदा लिएका छन् ,जसले देखाउछ हामीले हाम्रो बाचा अनुसार काम कानुनि सुविधा कामदार हरुलाई दिइरहेका छौं !
हामी हाम्रो कमिटिलाइ अझै प्रोत्साहन गर्छौं कि उनीहरुले अझै राम्रो धेरै कामदारलाइ फाइदा हुनी नीति बनाउन ! उहाले भन्नु भयो !!
तपाई कसरि कम्पनि परिवतर्न गर्ने ?
कतारमा कामकाजको लागि तत्कालै आएका नेपाली हरुलाई कपानी परिवतर्न गर्न गाह्रो भएपनि धेरै पहिले देखि काम गर्दै आएका नेपाली हरुको हकमा भने धेरै सजिलो छ ! आफुले चाहेकै बेला कम्पनि परिवतर्न गर्ने तरिका हरु धेरै भएपनि भर पर्दो र कानुनी झंजतमा अल्झिनु नपर्ने तरिका भनेको आफ्नो करार अवधि सकेर  नयाँ कम्पनीमा शिफ्ट हुनु हो !
यदि तपाई २ बर्षे फिक्स टर्म कन्ट्रयाक्टमा काम गर्दै हुनुहुन्छ भने तपाईले काम गरि रहेको कमानीमा  दुइ बर्ष पुरा गरिसके पछी अर्को कम्पनिमा सजिलै शिफ्ट हुन् सक्नु हुन्छ ! तर तपाईलाइ सिमित समयअवधि दिइन्छ त्यति समय भित्रमै काम खोजेर  अर्को कम्पनीमा लागि सक्नु पर्ने हुन्छ !
तर आजभोली धेरै जसो कम्पनीले २ बर्षे करार अवधि नदिने भएकाले ५ बर्षे (open-ended contract) भएका हरुको हकमा भने काम गरिरहेको कम्पनीमै ५ बर्ष काम गरेर मात्र अर्को कम्पनीमा आफ्नो जब चेन्ज गर्न सक्नु हुने छ !  २ बर्षे करार अवधि जस्तै यसमा पनि सिमित अवधि भित्रमै आफुलाइ पाएक पर्दो काम खोजि सक्नु पर्ने हुन्छ !
आफ्नो करार अवधि कति वर्षे हो कसरि थाहा पाउने ?
राम्रो कम्पनीले आफ्नो श्रमिकलाइ सोषण गर्नेबारे कहिलै सोच्नपनि सक्दैन, त्यस्ता कम्पनीले कानुनी र ब्यवासाईक रुपमा पारदर्शी काम गर्ने गर्दछन ! धेरै जस्तो कम्पनीले आफ्नो कम्पनीको लागि श्रमिक नियुक्ति गर्दानै सबै कुरा खुलस्त तरिकाले कामदारको अगाडी पेश गरेका हुन्छन ! कामदारले पाउने तलव सुविधा, कामदारलाइ विरामी विदा लगाएतका कामदारले कति बर्षको करार अवधिमा काम गर्ने सबै अग्रिमेंट प्यापरमै उल्लेख गरेका हुन्छन ! नेपालीमा लेखिएको करार अवधिको मान्यता नहुने भएकाले जहिले आफ्नो अंग्रेजी र अरबी भासमा लेखिएको कागजलाइ सुरक्षित राखी राख्नु होला !
यस्तो हुन्छ डिमाण्ड पेपरको नमुना:
माथि उल्लेख गरे जस्तै कम्पनीले डिमाण्ड पठाउदा नै सबै कुरा उल्लेख गरेको हुने भएकाले त्यस्ता कम्पनीमा जान इच्छुक नेपाली दाजु भाइ हरुले Term and Conditions लाइ राम्रो संग अध्यन गर्न आवस्यक छ !  कम्पनिले कामदार छनोट गरिसके पछी अन्तिम समयमा करार अवधि सहितको Agreement Paper दिन्छ त्यो एक प्रति सुरक्षित राख्नु होला ! यदि कानुनी रुपमा लड्नु पर्ने उक्त कागजले आफुलाई धेरै मद्दत मिल्ने गर्दछ !!

No comments:

Powered by Blogger.