Ads Top

दाँतमा परेको प्वाल पुर्ने घरेलु उपाय



काठमाडौं, १७ फागुन — दाँतमा कसरी प्वाल पर्छ ? दाँत दुरुस्त भयो भने त्यसले सुस्वास्थ्यको संकेत गर्छ । दाँतको राम्रो ध्यान दिइएन भने ती कुहिन थाल्छन् । यस्तो अवस्थामा मुखमा अड्केका खानेकुराहरू मुखका ब्याक्टेरियाको सहायतामा एसिडमा परिणत हुन्छन् । यसले दाँतमा प्वाल बनाउँछ । यही प्वाललाई अंग्रेजीमा क्याभिटी भनिन्छ । क्याभिटी बन्ने र त्यसलाई उपचार गर्ने साँचो हाम्रै हातमा छ । हामीले अस्वस्थ खाना पूरै छोडेमा मात्र दाँतमा प्वाल बन्न पाउँदैन । खाना खाएपछि ब्रश गर्ने, कुल्ला गर्ने गरिरहनुपर्छ । अनि लगातार दाँत दुख्यो वा झमझम भयो भने तत्कालै दन्तचिकित्सकको सल्लाह लिनुपर्छ । 

तर यहाँ केही घरेलु उपाय पनि सुझाइएको छ जसले क्याभिटीबाट मुक्ति दिन्छ । हुन त दाँतका जटिल समस्याका लागि दन्तचिकित्सककहाँ नै पुग्नुपर्छ तर यहाँ बताइएका केही उपाय अपनाउँदा दाँतमा प्वाल बन्न पाउँदैन । 

चिनीको मात्रा घटाउनुस् । चिनीमा धेरै एसिड हुन्छ र यसले प्लाक बनाउँछ जसका कारण दाँतमा प्वाल पर्छ । 

नरिवलको तेलले दाँत कुल्ला गर्दा पनि धेरैथरी समस्या समाधान हुन्छन् । प्वाल पनि यही कुल्लाले ठीक गर्छ । दिनको कम्तीमा पाँच मिनेट कुल्ला गर्नुस् । अझ, खाली पेटमा कुल्ला गर्नुभयो भने झन् प्रभावकारी हुन्छ । 

तातोपानीमा नून हालेर कुल्ला गर्दा पनि प्वाल टालिन्छ । प्रत्येक रात कुल्ला गर्नुभयो भने थप राम्रो परिणाम आउँछ ।

भ्यानिला इसेन्समा थोरै मात्रामा अल्कोहल हुन्छ जसले प्राकृतिक रूपमा पीडा शमन गर्छ । प्वाल परेको ठाउँमा यसले दाँत लट्ठ पारिदिन्छ । एउटा कपासको डल्लोमा अलिकति भ्यानिला इसेन्स चोपेर प्रभावित क्षेत्रमा लगाउनुभयो भने पीडा हराउँछ । 

ल्वाङको तेल दाँतको समस्या समाधान गर्ने सबभन्दा पुरानो औषधि हो । यसमा भएको औषधीय गुणका कारण प्वालले गर्ने झमझमलाई घटाउँछ । कपासमा तेल हालेर प्वाल बनेको ठाउँमा हाल्नुस् । तेल ननिल्नुहोला । यसो गर्दा पनि पीडा र झमझमबाट मुक्ति पाइन्छ । 

एनडिटिभीबाट

No comments:

Powered by Blogger.