Ads Top

ज्योतिले तताइन् पथरी (फाेटाे फिचर सहित)

पथरी / पथरी महोत्सवहरूमा दर्शकहरूलाई आफ्ना उत्तेजक हाउभाउबाट मन्त्रमुग्ध गर्न सफल भएकी गायिका एवम् मोडल ज्योति मगरले बिहीबार साँझ पथरी महोत्सवमा झन् उत्ताउली देखिइन् । सुनाखरी युवा क्लबले आयोजना गरेको पथरी महोत्सवमा साँझ १५ सय दर्शकमाझ ज्योतिले उत्तेजक र अश्लिल हाउभाउबाट आफ्ना समर्थकलाई अझै नजिक तान्ने प्रयास गरेकी छिन् । स्टेजबाटै युवाहरूलाई आछु आछु पार्ने शब्द प्रहार गरेकी ज्योतिको प्रस्तुति देखेर युवाहरू मन थाम्न नसकी भाग्न बाध्य भए । ज्योतिले आई लभ यू , सोल्टी, च्वाक, झ्याप, रोमान्स गर्ने हो ?यो सोल्टीसँग बिहे गरे भने त सोल्टी जस्तै कालो छोरो हुन्छ होला, यस्तो लुरेले ज्योतिलाई सक्दैन जस्ता भाषाले महोत्सवको माहोल गरमगरम बनाएको थियो । महोत्सवमा उपस्थिति दर्शकले ज्योतिको प्रस्तुति मात खुवाउने खालका रहेको टिप्पणी गरेका थिए । उता ज्योतिले पत्रकारहरूलाई पनि कर्के नजर लगाउँदै उनले भनिन्, ‘उहाहरूले मेरो कार्यक्रममा जति मज्जा अरूले कहाँ लिनुहुन्छ यहाँ ‘लो एङ्गल’बाट फोटोे खिचेर मज्जा लिनुहुन्छ अनि घरमा गएर जुम गरिगरि हेर्नुहुन्छ ।’

No comments:

Powered by Blogger.