Ads Top

यी १० मध्ये एक समस्या छ भने बिर्सेर पनि नखानुहोस लसुन : (पुरा पढ्नुहोस)




तरकारीको स्वाद बढाउनको लागि मात्रै होइन औषधिको रुपमा पनि लसुनलाई वर्षौ देखी प्रयोग गरिन्छ । आयुर्वेदिक चिकित्सकका अनुसार लसुनको प्रकृति गर्मी र सुख्खा हुन्छ ।

धेरै औषधिय गुणहरु हुने लसुन खाएमा हामीलाई धेरै फाइदा हुन्छ । तर केही यस्ता स्वास्थ समस्या भएका मानिसहरुलाई लसुन खाएमा झन् बढि हुन सक्छ ।

त्यसैले थाहा पाइराखौं कस्ताे अवस्थामा लसुन खाएमा त्यसले मानिसहरुलाई नोक्सान पनि गर्न सक्छः
१. कलेजोको समस्या छ भने
पहिले देखी कलेजोको समस्या छ भने लसुन नखानुहोस । धेरै लसुन खानाले झनै समस्या बढ्न सक्छ ।

२. होमियोप्याथिक ओषधि प्रयोग गरिरहनुभएको छ भने
होमियोप्याथिकको औषधि प्रयोग गरिरहनुभएको छ भने लसुन खानु हुदैँन । यस्तो अवस्थामा लसुन खाएमा औषधिले काम गर्दैन् ।

३. निम्न रक्तचापको समस्या छ भने
धेरै लसुुन खानाले ब्लड प्रेशर कम हुन्छ । पहिले देखि नै लो ब्लडप्रेशरको समस्या छ भने लसुन नखानुहोस ।

४. यदि एनिमिया छ भने
लसुन खानाले हेमोलिटिक एनिमिया वा हेमोग्लोबिनको कमी हुन सक्छ ।

५. यदि पेटमा समस्या छ भने
यदि पेटमा गडबडी छ अल्सर, डायरिया जस्ता समस्या छन् भने लसुन नखानुहोस ।

६. गर्भ निरोधक पिल्स लिइरहनुभएको छ भने
धेरै लसुन खाएमा गर्भ निरोधक पिल्सले काम गर्दैन त्यसैले गर्भ निरोधक पिल्स सेवन गरिरहनुभएको छ भने लसुन नखानुहोस ।

७. यदि गर्भवती हुनुहुन्छ भने
लसुनले गर्मी गराँउछ । यदि गर्भवती अवस्थामा धेरै लसुन खाएमा गर्भ तुहिने खतरा पनि हुन् सक्छ ।

८. यदि सर्जरी गर्न गइरहनुभएको छ भने
लसुन धेरै खानाले रगत पातलो हुन्छ । सर्जरीको समयमा धेरै ब्लिडिङ हुन सक्छ ।

९. एलर्जीको समस्या छ भने
जसलाई एलर्जीको समस्या छ उनीहरुलाई लसुन खाएमा झन बढि हुन सक्छ ।

१०. रगत पातलो बनाउने औषधि लिइरहनुभएको छ भने
लसुनले रगत पातलो बनाँउछ । पहिले देखि नै यस खालको औषधि लिइरहनुभएको छ भने समस्या झनै बढ्न सक्छ ।

No comments:

Powered by Blogger.