Ads Top

यसरी जोगाउनुस् एलर्जीबाट छालालाई, अन्यथा ज्यान पनि जान सक्छ (भिडियो सहित)



वरिष्ठ छाला रोग विशेषज्ञ डा. नितेशराज पोखरेल, काठमाडौं । एलजी विभिन्न कारणले हुनेगर्छ । भान्सामा काम गर्दा, घडी, सिक्री, कपडालगायतका नयाँ बस्तु लगाउँदा एलर्जी हुनेगर्छ । खानपान तथा इन्फेक्सनका कारणले पनि हुन्छ । साथै कपालमा लगाउने रंग तथा विभिन्न प्रकारका औषधि सेवनले छालामा एलर्जी हुने गर्छ ।



छालाको एलर्जी भनेको के हो ?

छालामा हुने एलर्जी दुई प्रकारका हुन्छन् । अटिक्रिया र एक्जिमा छालामा हुने एलर्जीका प्रकार हुन् । शरीरमा डाबर आउनेलाई अटिक्रिया भनिन्छ भने छालामा बिमिरा तथा पानीको फोका जस्तो आउनेलाई एक्जिमा भन्ने गरिन्छ । एक्जिमाका पनि विभिन्न प्रकारका हुन्छन् ।

सुरुमा शरीरमा डाबरहरु देखिने र पछि डाबरका कारण ओठहरु सुन्निनी, स्वास फेर्न गाह्रो हुने लक्षण अटिक्रिया देखापर्ने गर्छ । शरीरमा हुने इन्फेक्सन र विभिन्न प्रकारका औषधि सेवनले अटिक्रिया हुनेगर्छ । साथै खानपानले पनि अटिक्रिया एलर्जी हुनेगर्छ । माछा, दुध, अण्डा खानाले अटिक्रिया हुने गर्छ । ६ हप्ता भन्दा बढी समयसम्म अटिक्रिया भएको छ भने अरु नै कारणले पनि हुन सक्छ ।
एक्जिमा एलर्जीले शरीरमा बिमिरा र पानीका फोकाहरु जस्तो देखिने गर्छ । गृहणी, निर्माणमा खटिएका मजदुरहरुमा एक्जिमा एलर्जी देखापर्ने गर्छ । कुनै बस्तुसँगको सम्पर्कबाट हुने एलर्जीलाई एक्जिमा भनिन्छ । अटिक्रिया र एक्जिमा दुवैमा छाला चिलाउने गर्छ । धेरै समयसम्म चिलाउने समस्याले छालाको मोटोपना बढ्छ ।

कुन अवस्थामा अस्पताल जाने ?

शरीरमा डाबर आएर ओठहरु सुन्निने र स्वास फेर्न गाह्रो हुन थाल्यो भने चिकित्सकलाई देखाउनु पर्छ । आफूलाई के कारणले एलर्जी भयो भन्ने कुरामा स्वयम् व्यक्तिले ध्यान दिनुपर्छ । औषधि सेवनले अटिक्रिया एलर्जी हुनेहरु अधिकांशलाई कुन औषधि सेवन गरेको भन्न नसक्ने अवस्था देखिँदा उपचारमा समस्या हुने गरेको छ । अटिक्रिया एलर्जीका कारण स्वास फेर्न गाह्रो हुँदा ज्यान पनि जान सक्छ ।
एजर्लीबाट छालालाई कसरी जोगाउने

१. घर तथा वरपर सफा राख्ने
२. के कारणले एलर्जी भयो भन्ने आफैंले एकीन गर्ने
३. ओछ्यान तथा लगाउने कपडा सफा राख्ने
४. घरबाट बाहिर निस्किँदा माक्स लगाउने
५. सम्भव भए भान्सामा काम गर्दा पञ्जा लगाउने
६. निर्माण क्षेत्रमा काम गर्ने मजदुरले अनिवार्य पञ्चा लगाउने
७. गरगहना लगाउँला चिलाउँछ भने नलगाउने
८. कपालमा रंग नलगाउने
( वरिष्ठ छाला तथा चर्मरोग विशेषज्ञ डा. नितेशराज पोखरेलसँग मिडिया एनपीका वरिष्ठ स्वास्थ्य संवाददाता डा. दिलजान मंसूरले गरेको कुराकानीमा आधारित ।)
किन झर्छ कपाल ?, रोक्ने उपाय र प्रत्यारोपणको विधि (भिडियो सहित)
के हो अल्जाइमर (बिर्सने) रोग ?, यसको लक्षण र रोकथामको उपाय (भिडियो सहित)
के कारणले हुन्छ उच्च रक्तचाप?, यसबाट जोगिने यी उपायहरु ( भिडियो सहित)
मुखको क्यान्सर कसरी थाहा पाउने ? (भिडियो)
‘पुरुषहरुमा प्रोस्टेड ग्रन्थीको रोग पिसाबको गतिले पहिचान हुन्छ’ (भिडियो सहित)
जन्डिस धेरैलाई भएको देख्छौँ, के तपाईंलाई सर्जिकल जन्डिसबारे थाहा छ ? (भिडियो सहित)
थाइरोइडको रोग के हो, उपचारबारे थाइरोइड रोग विशेषज्ञ डा. डिनाको सल्लाह (भिडियो सहित)
जटिल प्रकारको मानसिक रोग स्किजोफ्रेनिया के हो ? (भिडियो सहित)
वरिष्ठ मनोचिकित्सक डा. विश्वबन्धु शर्माको सल्लाह : कतै तपाईंलाई डिप्रेसन भएको त छैन ? (भिडियो सहित)
दीर्घ मिर्गौलारोग : वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेको सल्लाह र सुझाव (भिडियो)

No comments:

Powered by Blogger.