Ads Top

रबिन्द्र मिश्रले एकाएक लाखौ तलव र सुबिधा भएको बीबीसीको जागिर छोड्नुको खास कारण त यो पो रहेछ >>> {भिडियो सहित}

काठमाडौं, १७ फागुन । बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । राजनीतिमा आउनकै लागि राजीनामा दिएका मिश्रले एक प्रेस विज्ञप्ती जारी गरेर कल्याणकारी लोकतन्त्र र कल्याणकारी उदारवादी अर्थतन्त्रलाई आत्मसात गर्ने नयाँ पार्टी निर्माण गर्ने बताएका छन् ।
कुनै दलमा आबद्ध नभएका, अन्य दलमा आबद्ध भएपनि ती दलबाट देशको हित हुनै सक्दैन भन्ने निष्कर्षमा पुगेका र अन्य विभिन्न सामाजिक संघ–संगठनमा आबद्ध भएर समाजको सकारात्मक रूपान्तरणका लागि काम गरिरहेका व्यक्तिलाई निर्माण हुने मञ्चमा सहभागी हुने उनले आग्रह गरेका छन् ।
मिश्रले विभिन्न राजनैतिक पार्टीका युवा नेता, पूर्व प्रशासक र नागरिक समाजका केही मानिसहरुलाई समेटेर नयाँ दल निर्माण गर्न प्रयत्न गरेका छन् ।
मिश्रको पार्टीमा पूर्वसचिव किशोर थापा, पत्रकार अजयभद्र खनाल, चिकित्सक सरोज धिताल, अधिवक्ताहरू ओमप्रकाश अर्याल र निरूपमा यादवले साथ दिने निश्चित भइसकेको छ ।
स्रोतका अनुसार मिश्रले कांग्रेसबाट गगन थापा, एमालेबाट रवीन्द्र अधिकारी, घनश्याम भुषालजस्ता नेतालाई समावेश गर्ने अन्तिम समयसम्म पहल गर्नेछन् । समावेश हुने सूचीमा नागरिक समाजका लोकप्रिय छवि भएका व्यक्ति र केही पूर्व प्रशासकसमेत समावेश हुनसक्ने अनुमान गरिएको छ । मिश्रले समावेश गर्ने चाहेका एक पूर्व प्रशासक लिलामणी पौडेल चीनको राजदूत भइसकेका छन् ।
त्यस्तै, उनले चर्चित अर्थशास्त्री सूर्यराज आचार्य, डा.सरोज धिताल, पूर्वमाओवादी नेता मुमाराम खनाल, अभिनेता राजेश हमाल, डा. गोबिन्द केसी, क्यानकी पूर्व सिइओ भावना घिमिरे जस्तालाई समेट्ने सम्भावना छ । नयाँ शक्तिका नेता एवं अर्थसचिव रामेश्वर खनाल पनि रवीन्द्र मिश्रको पार्टीमा आउने सम्भावना रहेको बताइन्छ ।

No comments:

Powered by Blogger.