Ads Top

एमालेको अभियान बिथोल्न मधेसी मोर्चाले गर्‍यो बन्दको आब्हान


नवलपरासी, फागुन २९ । एमालेको राष्ट्रिय अभियानलाई बिथोल्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज(आइतबार) नवलपरासी सदरमुकाम परासी बन्द आह्वान गरेको छ ।


एमालेले परासी हुँदै भैरहवा जाने कार्यक्रम तय गरेपछि मोर्चाले सदरमुकाम बन्दको आह्वान गरेको हो ।

सुरक्षा निकायले रुट परिवर्तन गरेको जानकारी पाएपछि मोर्चाले सदरमुकाम बन्दको कार्यक्रमलाई यथावत राख्दै बासाबसहीमा विरोध प्रदर्शन राखेको छ ।

बन्दका कारण परासी क्षेत्रका पसल व्यवसाय र सवारीसाधन बिहानैदेखि चलेका छैनन् ।

मोर्चाले विरोध प्रदर्शन गर्ने भएपछि त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसैबीच एमालेले भैरहवामा गर्न लागेको कार्यक्रम बिथोल्न मोर्चाले रुपन्देही पनि बन्दको आह्वान गरेको छ ।
Loading...

- See more at: http://imagekhabar.com/news/latest/politic/17330#sthash.CwCU8WBa.dpuf

No comments:

Powered by Blogger.