Ads Top

त्यसै हानिएको हैन सप्तरीमा गोली, यी हुन सप्तरी घटनाका डिजाइनर

त्यसै हानिएको हैन सप्तरीमा गोली, यी हुन सप्तरी घटनाका डिजाइनर
एमालेको सभा सफलतापूर्वक सम्पन्न भएपछि गोली चल्नु रहस्यमय
एमालेको कार्यक्रम सकिएपछि किन र कस्को स्वार्थमा गोली हानियो ? सुरक्षाको दृष्टिले जटिल मानिएको सप्तरीमा कार्यक्रम सकिएपछि कुन गोली हानिन्थ्यो ? यो गोली काण्ड गराएर ध्यान अन्यत्रै मोड्ने चाल हो ।

समाचार टिप्पणी
सप्तरीमा सोमबार भएको अनपेक्षित घटनाले यतिबेला नेपाली राजनीति तरंगित भएको छ । घटनापछि विभिन्न खाले प्रतिक्रिया पनि आइरहेका छन् । तर, धेरै प्रतिक्रियाहरु हेर्दा सतही खाले देखिन्छन् । सप्तरी घटना त्यसै भएको होइन । यो घटनाका सन्दर्भमा टिकाटिप्पणी गर्नुपहिले यसका केही पृष्ठभूमिलाई केलाउन जरुरी छ । किनकी सप्तरी गोलीकाण्डका पछाडि धेरै पूर्वाग्रह र इशाराहरु लुकेका छन् ।

नेकपा एमालेलाई केही समययता मधेश विरोधी आरोप लाग्दै आएको छ । खासगरि संविधान निर्माणका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिएका चट्टानी अडान र त्यसपछिका भूमिकालाई लिएर उनीमाथि धारे हात लगाउनेहरु धेरै छन् । आवरणमा मधेशी मोर्चा ओलीको कट्टर आलोचक बनेर देखिएको छ । तराई मधेशकै झापा र त्यहाँका जनताले जिताएर पठाएका ओलीलाई उनीहरु जनताको प्रतिनिधि नै मान्दैनन् । ओलीलाई घेराबन्दीमा पार्न उनीहरुले संसदमा खेलेको भूमिका नै पर्याप्त छ ।



एमालेको अभियानलाई जसरी पनि बिथोल्ने र मधेशमा छिर्नै नदिने खाले जुन हर्कतहरु भए त्यसैको परिणाम हो, सोमबारको सप्तरी काण्ड । आवरणमा केही एमाले र मधेशी मोर्चाबीचको लडाईंझैं देखिए पनि यसको पछाडि ठूलै समूह सक्रिय छ ।

एमालेले आफूमाथि भ्रम चिर्न र देशव्यापी निर्वाचनको माहौल बनाउन मधेश केन्द्रीय कार्यक्रम गर्नु स्वभाविक थियो । शान्तिपूर्वक सभा, सम्मेलन गर्नु र जनतामाझ पुग्न पाउनु उसको अधिकार पनि हो । मधेशविरोधी पार्टी भन्नेहरु त एमालेको अभियानबाट खुसी हुनुपथ्र्यो । किनकी एमाले मधेशी जनताको माझमा गएर आफ्ना कुरा स्पष्ट राख्न खोज्दै थियो । आफूमाथिका आरोपलाई चिर्दै मधेशका जनतासँग भावना साँट्दै थियो । तर, एमालेको अभियानलाई जसरी पनि बिथोल्ने र मधेशमा छिर्नै नदिने खाले जुन हर्कतहरु भए त्यसैको परिणाम हो, सोमबारको सप्तरी काण्ड । आवरणमा केही एमाले र मधेशी मोर्चाबीचको लडाईंझैं देखिए पनि यसको पछाडि ठूलै समूह सक्रिय छ ।

त्यसको एकप्रमुख नायक हुन्, गृहमन्त्री विमलेन्द्र निधि । उनले फागुन १५ गते सिरहाको लहानमा एमालेलाई बढार्ने गरी लाग्न कार्यकर्ताहरुलाई आदेश दिएका थिए । एमालेविरुद्ध भण्डाफोर अभियान चलाउन अन्य दलसँग पनि सहकार्य गर्ने उनको उद्घोष थियो । देशको गृहप्रशासन सम्हालेको व्यक्ति कुनै एउटा पार्टीको मात्र हुन सक्दैनन् । तर, उनले पदीय मर्यादाविपरीत जसरी अभिव्यक्ति दिए त्यसले मधेशी मोर्चाका कार्यकर्तालाई झनै उत्तेजक बन्न प्रेरित गर्यो । मेची– महाकाली अभियानमा निस्कनुअघि नै एमालेले विज्ञप्ति जारी गृहमन्त्रीको भनाइप्रति ध्यानाकर्षण जनाएन, अप्रिय घटना भए जवाफदेही हुनुपर्ने समेत बताइसकेको थियो । भलै गृहमन्त्री निधिले आफूले त्यस्ता कुरा नबोलेको भन्दै ढाकछोप गर्दै आएका थिए ।

सबैभन्दा रहस्यमय कहाँनिर छ भने एमालेको सभा सफलतापूर्वक सम्पन्न भएपछि गोली चलेको छ । सरकारी गोली लागेर मधेशी जनता मरेका छन्, तर दोष भने प्रतिपक्षी दल एमाले र त्यसका अध्यक्ष केपी ओलीलाई लगाइएको छ । सरकारको नेतृत्व गरिरहेको माओवादीका शीर्ष नेता नारायणकाजी श्रेष्ठको भनाइलाई आधिकारिक मान्ने हो भने प्रधानमन्त्रीले गोली चलाउने आदेश नदिँदा नदिँदै कस्को आदेश र इशारामा गोली चलाइयो ?

यहीबीचमा गौर हत्याकाण्डमार्फत राजनीतिमा उदाएका उपेन्द्र यादव र बाबुराम भट्टराईको पार्टीबीचको साँठगाँठ एवं उनीहरुका अभिव्यक्ति पनि घटनामा जिम्मेवार छन् । एमालेमुक्त मधेश बनाउन अपिल गर्ने बाबुराम भट्टराईसँग उपेन्द्रको पार्टीले केही दिन अघिमात्रै सहकार्यका लागि सहमति जनाएका थियो । एमालेलाई स्थायी दुष्मन ठान्ने उपेन्द्र यादवका पार्टीका जिल्ला अध्यक्षले नै सोमबार सप्तरीको एमालेविरुद्धको जुलुसको नेतृत्व गरेका थिए । हिरासतमै भए पनि सप्तरी घटनामा सिके राउतका कार्यकर्ता पनि परिचालित भएको अनुमान गर्न सकिन्छ ।

कार्यक्रम गर्न पाउनु एमालेको अधिकार हो भने त्यसलाई शान्तिपूर्वक विरोध गर्न पाउनु मोर्चाको पनि अधिकार हो । तर, सबैभन्दा रहस्यमय कहाँनिर छ भने एमालेको सभा सफलतापूर्वक सम्पन्न भएपछि गोली चलेको छ । सरकारी गोली लागेर मधेशी जनता मरेका छन्, तर दोष भने प्रतिपक्षी दल एमाले र त्यसका अध्यक्ष केपी ओलीलाई लगाइएको छ । सरकारको नेतृत्व गरिरहेको माओवादीका शीर्ष नेता नारायणकाजी श्रेष्ठको भनाइलाई आधिकारिक मान्ने हो भने प्रधानमन्त्रीले गोली चलाउने आदेश नदिँदा नदिँदै कस्को आदेश र इशारामा गोली चलाइयो ? प्रश्न गम्भीर छ । प्राप्त भिडियो र तस्वीरहरु हेर्ने हो भने पनि स्थिति सम्हाल्नै नसक्ने अवस्थामा देखिन्न । एमालेको कार्यक्रम अवधिभर पनि जुलुसहरु भएकै थिए । एमाले नेता कार्यकर्तालाई लक्षित गरी प्रहार पनि गरिएको थियो । तर, एमालेको कार्यक्रम सकिएपछि किन र कस्को स्वार्थमा गोली हानियो ? एमालेलाई फसाउने र कार्यक्रम बिथोल्नमा गृह प्रशासन नै लागेको आशंकालाई यसले पुष्टि गरेको छ । गृहमन्त्रीको उत्तेजक अभिव्यक्ति र सप्तरी घटनाको बीचमा तालमेल देखिन्छ । एमालेको अभियानबाट आत्तिएको काँग्रेस र त्यसका गृहमन्त्री निधि यो घटनाका मुख्य जिम्मेवार हुन् । नत्र सुरक्षाको दृष्टिले जटिल मानिएको सप्तरीमा कार्यक्रम सकिएपछि कुन गोली हानिन्थ्यो ? गोली काण्ड गराएर ध्यान अन्यत्रै मोड्ने यो गृहमन्त्रीको चाल हो । एमालेको अभियानलाई जसरी पनि रोक्ने, मधेशी समुदायमा एमालेप्रति आक्रोश थप्ने गृहमन्त्रीको कुचेष्टा यसले पुष्टि गरेको छ । एमाले र मधेशी मोर्चालाई आमनेसामने पारेर आफ्नो राजनीतिक उद्देश्य प्राप्त गर्ने सप्तरी काण्डले उदांगो पारेको छ । किनकी मधेशमा एमालेको प्रतिस्पर्धा मधेशी मोर्चासँग होइन्, काँग्रेससँग नै हो । मधेशी मोर्चाको काँधमा बन्धुक राखेर मधेशकै जनता मार्ने र त्यसको दोष एमालेलाई थुपार्ने उनको चाहना सफल भएको छ । तर, लासको राजनीतिले कहिलेसम्म उनको कुर्सी टिक्ला ?

जहाँसम्म एमालेमाथिको आरोपको कुरा छ । के एमालेले शान्तिपूर्वक सभा सम्मेलन नै गर्न नपाउने ? एमालेलाई मधेशबाट समा गर्न नपाउने अनि मधेश केन्द्रीत दलले पहाडमा गर्न नपाउने भन्ने हुन्छ ? एमालेका केही नेताहरुको अभिव्यक्तिको विषयमा समिक्षा हुन सक्ला । तर, एमालेलाई रोक्ने, कार्यक्रम नै गर्न नदिने, कार्यक्रम बिथोल्न आदेश दिने यो कस्तो लोकतान्त्रिक चरित्र हो ? यसैका लागि ल्याइएको हो सयौंको बलिदानीबाट लोकतन्त्र ?
Source- Dainik Nepal

No comments:

Powered by Blogger.