Ads Top

तपाईले कतारमा कम्पनि छोड्दा कति ग्रैच्युटी पाउनु हुन्छ ? यसरि हिसाब गर्नुहोस ! “पढेर सेयर गर्नुहोला”




कुनैपनि कम्पनीले आफ्नो कमपनीमा इमान्दारी पुर्वक काम गरेको व्यक्तिलाई सेवा समाप्त हुँदा दिइने पुरुस्कार स्वरूपको रकमलाइ ग्रेजुटी भनिन्छ जुन कतार सरकारले दिने पर्ने नियम बनाएको छ !
ग्रेजुटि व्यक्ति अनुसार र कम्पनि अनुसार फरक फरक हुन्छ तर त्यै फरकलाइ नियन्त्रण गर्न कतार सरकारले न्युनतम ग्रेजुटी दिनु पर्ने प्रावधान हालै सार्वजनिक गरेको थियो ! कतार सरकारले अपर्वासी कामदारलाइ आफ्नो ग्रेज्युटी कति हुन्छ भनि हिसाब गर्न सजिलो होस् भने आफ्नो सरकारी अधिकारी वेबसाइट पनि निर्माण गरेको छ !
हामीले देख्दै भोग्दै आए अनुसार ग्रेजुटी व्यक्तिको बेसिक सेलरी संग निर्भर हुने गर्दछ, कुनै कम्पनि अथवा संस्था आफ्नो कामदारको ग्रेजुटी हिसाब गर्दा कामदारले कम्पनि छोड्ने बेला उसको बेसिक तलव कति थियो त्यै अनुसार हिसाब गर्ने गर्दछन !
ग्रेज्युटी धेरै प्रकारका हुने गर्दछन, विशेष गरि ग्रेज्युटी तिन प्रकारका हुने गरेको हामीले देखेका छौं !
१. कुनैपनि कामदारले आफ्नो कम्पनीमा कुल अवधि ५ बर्ष भन्दा कम गर्छ भने त्यस्ता कामदारलाइ कामदारको अन्तिम समयको बेसिक तलव बाट हिसाब गरेर बार्षिक २१ दिनको तलव ग्रेज्युटी स्वरूप प्रदान गरिने व्यवस्था छ !
यसरि हिसाब गर्नुहोस: Basic Salary/30 (one month) X 21 days (three Weeks) x Year
उदहारणको लागि : मानौं तपाई एउटा कम्पनि दुइ बर्ष देखि काम गर्दै हुनुहुन्छ र तपाईको बेसिक तलव कतारी रियाल २००० छ भने !
QR 2000÷30 = QR 66.66 (One day salary)
QR 66.66 x 21 = QR 1400 (21 Days Salary)
QR 1400 x 2 = QR 2800 (Your Total 2 Years of Bonus)
२. यदि कुनै कम्पनीमा तपाईको सेवा अवधि ५ देखि १० बर्षको विचमा छ भने तपाईले आफ्नो ग्रैच्युटी अन्तिम बेसिक तलवको बार्षिक २8 दिनको तलव पाउनु हुने छ !  “मानौं तपाईले एउटा कम्पनीमा ७ बर्ष देखि  काम गर्दै हुनुहुन्छ  तपाईको बेसिक तलव कतारी रियल २००० छ भने !
यसरि हिसाब गर्नुहोस:  Calculating formula: Basic Salary / 30 (one month) x 28 (4 Weeks) x Years
QR 2000÷300 = QR 66.66 (Your One day salary)
QR 66.66 x 28 Day = 1866.48 (Your 28 days salary)
QR 1866.48 x 7 years = 13065.36 (Your Total 7 years of gratuity)
३. यदि तपाई कुनै कम्पनि १० बर्ष भन्दा धेरै सेवा गर्नु भएको छ भने तपाईको ग्रैच्युटी तपाईको अन्तिम बेसिक तलवको हिसाबले बार्षिक ३५ दिनको तलव सुविधा ग्रैच्युटी रुपमा दिइन्छ !यसको लागि पनि माथि उल्लेख गरिए जसरिनै हिसाब गर्न सक्नु हुन्छ त्यसमा ३५ दिनले गुणान मात्र गर्नु पर्ने हुन्छ !
यदि तपाईको बेसिक तलव कतारी रियाल २००० छ र तपाई कुनै कम्पनीमा १२ बर्ष देखि काम गर्दै आउनु भएको छ भने तलको शुत्र अनुसार तपाई आफ्नो ग्रैच्युटी हिसाब निकाल्न सक्नु हुन्छ !
QR 2000÷30 = QR 66.66 (One months of salary)
QR 66.66 x 35 = QR 2333.1 (Your one years of gratuity)
QR 2333.1 x 12 years = QR 27997.2 (Your total gratuity)
के तपाईले आफ्नो ग्रैच्युटी हिसाब गर्नु भयो ? यदि तपाईले आफै हिसाब गरेको ग्रैच्युटी बाट सन्तुष्टि हुनु भएको छैन भने एक पटक तल उल्ल्लेख गरिएको लिंकमा क्लिक गर्नुहोस त्यहाँ कतार सरकारले कामदारले आफै आफ्नो ग्रैच्युटी हिसाब गर्न मिल्ने वेबसाइट बनाएको छ ! तर उक्त वेबसाइट अहिले मात्र अरबी भाषामा भएकाले नेपाली हरुलाई त्यहाँ हिसाब गर्न अलि अप्ठ्यारो हुन सक्छ ! यहाँ किल्क गर्नुस 
नोट: कतारमा यस्ता धेरै कम्पनि छन् जसले बेसिक तलव समेत उपलब्ध गराउन सकेका छैन त्यी कम्पनीले आफ्नो कामदारको ग्रैच्युटी दिन्छन या दिदैनन् क्यै भन्न सक्दैन तर माथिको आँकडा कतार सरकारले श्रमिक नियममा रहेर काम गर्ने कम्पनि हरुलाई पालना गर्नु भनि दिएको निर्देशनहो ! यो नियम कतारको कानुन नम्बर 1/2015 मा आधारित रहेको छ !
तपाईको कम्पनिले के कसरि ग्रैच्युटी हिसाब गरेर दिन्छ हामीलाई मेसेजमा अथवा कमेन्ट गरेर भन्न नभुल्नु होला ! 

No comments:

Powered by Blogger.